Comments Add Comment

आठ महिनामा लक्ष्यभन्दा ८१ करोड बढी राजस्व संकलन

११ चैत, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७३/०७४ को आठ महिनामा लक्ष्य भन्दा करिब ४१ करोड ४५ लाख ५५ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुरले फागुन मसान्तसम्म आठ अर्ब ८८ करोड २७ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा नौ अर्ब २९ करोड ७३ लाख ३२ हजार रुपैयाँ राजस्व संलकन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौड्यालले जानकारी दिए ।

यो आठ महिनाको अवधिमा अन्तशुल्कबापत कार्यालयले सबैभन्दा बढी सात अर्ब ७७ करोड २९ लाख ४५ हजार रुपैयाँ राजस्व संलकन गर्न सफल भएको पौड्यालले बताए । पौड्यालका अनुसार अन्तशुल्कबापत फागुन मसान्तसम्म कार्यालयले सात अर्ब ५९ करोड ७४ लाख ४६ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

त्यस्तै, आय करबापत राजस्व कार्यालयले ७३ करोड ७६ लाख ९३ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर बापत ६२ करोड १२ लाख ९४ हजार रुपैयाँ, घर बहाल कर अन्तरगत छ करोड ५९ लाख ६८ हजार रुपैयाँ, ब्याजकर बापत चार करोड ६४ लाख २५ हजार रुपैयाँ राजस्व असुली गरेको पौड्यालले जानकारी दिए ।

कार्यालयले स्वास्थ्य सेवा शूल्क वापत अपेक्षित रुपमा कर असुल गर्न नसकेको तथ्यांकमा देखिएको छ । स्वास्थ्य सेवा शुल्क अन्तरगत कार्यालयले फागुन मसान्तसम्म आठ करोड २४ लाख ४६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा तीन करोड ९२ लाख ३८ हजार रुपैयाँ मात्रै असुली गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment