Comments Add Comment

सरकारको ताकेतापछि चीनबाट आयो थ्री गर्जेज

६ सय मेगावाटको पश्चिम सेतीमा काम सुरु

११ चैत, काठमाडौं, सरकारले चेतावनीसहित पत्र लेख्ने तयारी गर्दै गर्दा पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा लिएको थ्री गर्जेजले नेपालमा आएर आफ्नो काम सुरु गरेको छ ।

नेपाल आएको थ्री गर्जेजको टोलीले पछिल्लो समयमा पश्चिम सेतीमा पानीको बहावको पुनः अध्ययन गर्दैछ । यसअघि थ्री गर्जेजले नै पानीको बहाबको बारेमा अध्ययन गरिसकेको थियो । तर, अहिले त्यही अध्ययनलाई पुन जाच गर्दैछ ।

लगानी बोर्डका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार एक हप्ता यतादेखि थ्री गर्जेजले आफ्नो काममा तीब्रता दिएको छ । साथै पश्चिम सेतीमा नेपाल विद्युत प्राधिकरणसँग गर्नुपर्ने ज्वाइन्ट भेञ्चरका बारेमा पनि थ्री गर्जेजले अहिले स्वीकृति मागेको छ ।

भेटवालले भने ‘अहिले थ्री गर्जेजले पश्चिम सेतीको पानीको बहाव रि-कन्र्फरमेसन गर्दैछ, साथै प्राधिकरणसँगको ज्वाइन्ट भेन्चरको बारेमा पनि स्पष्ट पारिदिन आग्रह गरेको छ ।’

पुसको अन्त्यतिर थ्री गर्जेजले नेपाल बिद्युत प्राधिकरणसँग ज्वाइन्ट भेन्चर एग्रीमेन्ट (जेभिए ) को प्रारम्भिक सम्झौता गरेको थियो ।

पुस महिनामै र्फकेको थ्री गर्जेज लामोसमय सम्पर्कविहीनजस्तै भएको थियो । उसले पटक-पटक पत्राचार गर्दा पनि कुनै पनि प्रतिक्रिया जनाएको थिएन । कुनै पनि प्रतिक्रिया नदिएपछि सरकार अल्टिमेटम सहितको पत्र नै लेख्ने तयारीमा थियो ।

लामो समय कुनै जवाफ नदिएपछि उर्जा मन्त्रालय थ्री गर्जेजको कार्यशैलीप्रति आक्रोशित भएको थियो ।

सम्झौता भएको तीन दिनभित्रै नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले जेभिए अनुमोदन गरेको भए पनि चिनियाँ कम्पनी थ्री गर्जेजको बोर्डले अहिलेसम्म यसको अनुमोदन गरेको छैन । बरु अहिले ज्वाइन्ट भेञ्चरका बारेमा ‘क्ल्यारिफिकेसन’ मागेको छ ।

६ सय मेगावाट मात्रै सम्भव

भेटवालका अनुसार अहिले थ्री गर्जेजले पश्चिम सेतीमा ६ सय मेगावाटको मात्रै जलविद्युत आयोजना बनाउन सकिने बताएको छ । यसअघि ७ सय ५० मेगावाटको जलविद्युत आयोजना बनाउन मिल्ने निष्कर्ष निकालिएकेा थियो । तर, अहिले नदीमा पानीको बहाव घटेकाले ६ सय मेगावाट मात्रै सम्वभ भएको थ्री गर्जेजको भनाइ छ ।

अहिले थ्री गर्जेजले जल तथा मौसम विज्ञान विभागसँग सन् २०११ पछिको वषर्ात तथा मौसमसम्बन्धी जानकारी मागिरहेको छ । सन् २०११ अघिको सबै तथ्यांक सार्वजनिक भए पनि त्यसपछिका तथ्यांकहरु सार्वजनिक नभएका कारण थ्री गर्जेजले विभागसँग उक्त तथ्यांकको माग गरेको हो ।

के के काम सकियो ?

चिनियाँ कम्पनी थ्री गर्जेजले ले लाइसेन्स होल्ड गरेको ५ वर्ष पुगिसकेको छ । सन् २०१२ को फेब्रअरी महिनामा थ्री गर्जेजसँग पश्चिम सेती निर्माणको सम्झौता भएको थियो । तर, विद्युत प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकमको टुङ्गो नलागेसँगै यसको निर्माण कार्य लामो समयसम्म अवरुद्ध भएका थियो ।

थ्री गर्जेजको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । टोलीले आयोजनाले प्रभावित गर्ने सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, र डडेलधुराको भूभागमा रहेर प्राविधिक तथा भौगर्भिक लगायतका विषयमा अध्ययन गरेको हो । भूकम्पपछि नै नेपाल आएर थ्री गर्जेजको टोलीले यसको भौगर्भिक अध्ययन सुरु गरेको थियो ।

२१ वर्षदेखि बनाउन चाहेर पनि नेपाल सरकारले यो जलविद्युत परियोजना अघि बढाउन सकेको छैन । यसको कुल लागत १ खर्ब ५० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment