Comments Add Comment

गाडीमा स्टिकर टाँस्दै बेल्जियममा सुरु भयो नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम

बार्सिलोना ।  बेल्जियममा बसोबास गर्ने नेपालीहरुको सबारी साधनमा नेपालको पर्यटन प्रवद्धनात्मक पोष्टरहरु टाँसीनेपाल भ्रमण वर्षयुरोप २०१७को अभियान सुरु भएको छ।

युरोपेली पर्यटकहरु नेपाल भित्राउने लक्ष्य सहित सवारीसाधनहरुमा प्रवर्द्धनात्मक पोष्टरहरु टाँस्दै बेल्जियममा पनि अभियान सुरु भएको हो।

युरोपेली युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले सबारी साधनमा पोष्ट टाँस्दै अभियानको औपचारिक सुरुवात गरे। दूताबासमा सम्पन्न कार्यक्रमको बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु शिबकुमार बरुवाल तथा रबिन्द्रमान श्रेष्ठले समन्वय गरेका थिए।

कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीहरुको सबारी साधनमा प्रवर्द्धनात्मक  पोष्टरहरु टाँसी नेपालको पर्यटन प्रवर्द्धन गर्ने जस्ता रचनात्मक प्रयासहरुबाट पर्यटकहरु भित्राउन मद्दत पुग्ने बिचार ब्यक्त गरे।

यस्ता काममा दूताबासको सधैँ महत्वपूर्ण साथ र सहयोग रहने राजदूत थापाले प्रतिबद्दता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment