Comments Add Comment

जहाँ आमा-बाबुदेखि बच्चासम्म भाडामा लिन पाइन्छ

आजकाल हरेक वस्तुहरु अनलाइनमा बिक्री हुन थालेका छन् । उचित मूल्यमा चाहेको सामान घरमै आइपुग्छ भने बजारसम्म जाने दुख किन गर्ने ? त्यसैले अनलाइन बजार फस्टाएको छ ।

तर, यहाँ हामी तपाईंलाई यस्तो अनलाइनको बारेमा बताउँदै जसले कल्पनै गर्न नसकिने कुराहरु भाडामा उपलब्ध गराउँछ । यो हो जापानमा सञ्चालित वेवसाइट रेंन्टएवाइफओट्टावा डट कम । आखिर यहाँ के-के कुराहरु भाडामा लिन पाइन्छ त ?

यस वेवसाइटले ग्राहकको मागअनुसार पुरुष वा महिला साथी सप्लाइ गर्छ । भित्री वस्त्र भाडामा दिने त यो सम्भवत संसारकै एक मात्र वेवसाइट हुनुपर्छ । यदि तपाईंलाई पट्यार लागिरहेको छ भने त्यसलाई दुर गर्न मायालाग्दा बच्चाहरु भाडामा लिन सक्नुहुन्छ ।

यदि माया-प्रेमको अभाव महसुस भइरहेको छ भने भाडामा आमा-बुवा वा श्रीमती मगाउनुस । यदि छोराछोरीको होमवर्क गराउन गाह्रो परेको छ भने निश्चित पैसा तिरेपछि होमवर्क गराइदिने व्यक्ति घरमै आइपुग्छ ।

यो वेवसाइट अहिले जापानमा निकै लोकपि्रय भइहेको छ । जापानीहरु आफूलाई जे चाहियो त्यही भाडामा लिन पाएर मख्ख छन् । यसको बदलामा कम्पनीले मोटो आम्दानी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment