Comments Add Comment

स्टारडमको लडाई: निखिल भर्सेस दया र सौगात


नेपाली सिनेमा घरमा आजबाट २ प्रतिक्षित चलचित्र रिलिज भएका छन् । २ चलचित्रको लडाई स्टारडमको लडाई पनि हो । मल्टिप्लेक्समा सर्वाधिक रुचाइएका भनिने नायक दयाहाङ राई , सौगात मल्ल लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘लप्पन छप्पन’ आजबाट रिलिज भएको छ ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्पण थापा, बर्षा सिवाकोटी लगायतका कलाकारको पनि अभिनय छ । ग्याङस्टार जनराको यो चलचित्रको व्यापारले दया र सौगातको कमजोर बन्दै गएको स्टारडमको पनि नजिता देखाउनेछ ।

यता, सिंगल थिएटरमा आफ्नो एक्सनका कारण रुचाइएका नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’ पनि आजबाट रिलिज भएको छ । नीता ढुंगानाको समेत मुख्य भूमिका रहेको यो चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा निखिल प्रहरीको भूमिकामा देखिएका छन् । यो बर्ष रिलिज भएको ‘किङ’ नामक चलचित्रको औषत व्यापारका कारण पनि निखिलका लागि ‘निर्भय’ चल्नैपर्ने देखिएको छ ।स्टारडमको यो लडाइमा कुन कलाकार अगाडि जाने हुन्, केहि दिनमै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment