Comments Add Comment

विमानभित्र कपिलले सुनीललाई जुत्ता हानेका थिए, यस्तो छ पूरा विवरण


कमेडियन कपिल शर्मा र उनका सहकर्मी सुनील ग्रोबरबीचको झगडा अहिले भारतीय मिडियामा व्यापक चर्चामा छ । अष्ट्रेलियाबाट फर्किने क्रममा विमानमै उनीहरुबीच झगडा भएको थियो र त्यसयता सामाजिक सञ्जालमा ‘वार’ गरिरहेका छन् ।

आखिर यी दुईबीच भएको के थियो त ? एक प्रत्यक्षदर्शीको हवाला दिँदै हिन्दुस्तान टाइम्सले घटना विवरण बाहिर ल्याएको छ । घटना विवरण यस्तो छः

अष्ट्रेलियामा शो सकेर गत शुक्रबार कपिल आफ्नो टिमसहित भारत फर्किँदै थिए । एयर इन्डियाको विमानभित्र कपिल मदिरा खाएर टिल्ल थिए । उनको होश ठेगानमै थिएन । उनले ह्विस्कीको एउटा सिंगै बोतल रित्याएका थिए । क्याबिन क्रुले खाना सर्भ गरेपछि उनको टिमका सबैजना खाना खान थाले । तर, कपिल अझै दारु पिइरहेका थिए ।

आफूलाई बेवास्ता गर्दै सबैले खान सुरु गरेको कपिललाई मन परेन । उनले आगो हुँदै भने, ‘मैले खान सुरु नगरीकन तिमीहरुले किन खाना खायौ ?’ कपिल यति जोडले चिच्याइरहेका थिए, विमानभित्र रहेका सबै यात्रुका कान ठाडा भए । उनलाई चिन्ने व्यक्तिहरु स्तब्ध बने ।

आफ्ना बोसको चिच्याहटपछि उनका टिम मेम्बरहरुले खाना खाइ नसकीकन ‘क्रु’ मेम्बरलाई प्लेट फिर्ता गर्न थाले । यही क्रममा सुनील कपिललाई शान्त पार्ने कोशिशमा लागे । तर, कपिल झनै उत्तेजित बने । यत्तिकैमा उनले आफ्नो जुत्ता खोलेर सुनीललाई हाने । उनले सुनीलको सर्टको कलर समातेर लगातार थप्पड समेत लगाए । त्यस क्रममा केही महिला क्रु मेम्बरहरुलाई पनि चोट लागेको थियो ।

कपिलले आफ्नो रौद्ररुप देखाइरहँदा सुनील भने शान्त रहे । उनले कुनै प्रतिकार गरेनन् । कपिल भने झन् झन् क्रोधित भएर सुनील र अन्य टिम मेम्बरलाई गालीगलौज गरिरहेका थिए । उनले यो पनि भने- ‘तिमीहरुको के औकात छ ? तिमीहरुलाई मैले बनाएको हुँ र चुट्कीको भरमा तिमीहरुको करिअर खत्तम गरिदिन सक्छु । तिमीहरु सबैलाई म निकालिदिन्छु ।’

कपिल सबैभन्दा बढी सुनीलमाथि खनिए । उनले सुनीललाई भने, ‘खुुब फुर्ति गरेर हिँडेको थिइस्, आखिर फर्केर म कहाँ नै आउनुपर्‍यो नि !’ यसपछि उनले लगातार पञ्जाबीमा गाली गर्न थाले ।

स्मरणीय छ, कपिलको ‘कमेडी नाइट्स विथ कपिल’ कार्यक्रम छोडेर केही समय सुनील अलग भएका थिए र एउटा नयाँ शो ल्याएका थिए । तर, उक्त शो नचलेपछि उनी कपिलको कार्यक्रममा फर्केका थिए ।

कपिलको हर्कत बढ्दै गएपछि क्रु मेम्बरहरुले हस्तक्षेप गर्नुपरेको थियो । उनीहरुको चेतावनीपछि कपिल केही मत्थर बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment