Comments Add Comment

बाउको बिँडो थाम्ने यी हुन् दुनियाका शक्तिशाली छोरीहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवांका ट्रम्पले ह्वाइट हाउसमा जागिर पाएकी छिन् । उनी अब आफ्ना पिताको काममा सहयोग गर्नेछिन् र पितालाई सरसल्लाह दिनेछिन् ।

३५ वर्षकी इवान्का डोनाल्ड ट्रम्पकी आँखा तथा कानको रुपमा काम गर्नेछिन् । तर वेष्ट विंगमा काम गरेवापत उनले कुनै तलब वा खास पद भने पाउने छैनिन् ।

विश्वका हाइप्रोफाइल छोरीहरुको सूचिमा एक सफल विजनेस वुमन तथा सेलिब्रेटीको रुपमा इवांका नयाँ नाम हो ।

दुनियाका अन्य प्रभावशाली फर्स्ट डटर्सहरु बारेपनि चर्चा गरौंः

मरियम नवाज शरिफ

४३ वर्षकी मरियम पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफकी छोरी हुन् । यद्यपि उनले पहिलेदेखि नै आफ्नो समाजसेवी संस्थामा जिम्मेवारी निर्वाह गरिरहेकी थिइन् तथापि सन् २०१३ मा आफ्नो पिताको सफल चुनावी प्रचारमा पनि अहम भूमिका खेलेकी थिइन् ।

उनी पाकिस्तानी राजनीतिमा उनी निकै शक्तिशाली बनेर उदाएको विश्लेषण गरिएको छ । उसो त अघिल्लो वर्षको पनामा पेपर्समा समेत उनको नाम आएको थियो ।

क्याटरिना टिखोनोवा

रुसी राष्ट्रपति भ्लादमिर पुटिनका दुुईवटा छोरी छन् । सन् २०१५ मा उनकी कान्छी छोरी यकातेरिना तब चर्चामा आइन् जब उनी मस्कोमा क्याटरिना टिखोनोवाको नाममा बसिरहेको खुलासा भयो ।

उनीसँग कथित रुपमा लाखौँ डलरको विदेशी मुद्राको कन्ट्रयाक्ट छ र उनी पुटिनको भित्रिया सल्लाहाकार मध्ये एक हुन् । उनी रक एण्ड रोलर डान्सर पनि हुन् र सन् २०१३ को विश्व च्याम्पियनसीपमा उनी पाँचौँ भएकी थिइन् ।

इसाबेल डोस सान्टोस

अंगोलाका वयोवृद्ध राष्ट्रपति जोस एडुुआर्डो डोस सान्टोसकी जेठी छोरी ४३ वर्षकी इसाबेल सरकारी तेल कम्पनी सोनांगोलकी प्रमुख हुन् । सन् २०१३ मा फोर्ब्स म्यागेजिनले उनलाई अफ्रिकाकी सबैभन्दा धनी महिलाको रुपमा सूचिकृत गरेको थियो । उनको कुल सम्पत्ति ३ अर्ब २० करोड डलर छ । देशको बित्त बजार, टेलिकम्युनिकेशन तथा हिरा उद्योगमा उनको खास साझेदारी रहेको छ ।

सुमेयी एर्डोगान

टर्कीका राष्ट्रपति रिचप तैपय एर्डोगानकी कान्छी छोरी सेमेयी आफ्ना बुवाको आँखाको नानी हुन् । बेलायतमा पढेकी उनी बुवाको सल्लाहाकार पनि बनिसकेकी छिन् र कैयन् राजनीतिक भ्रमणमा आफ्नो वुुवासँगै भएकी छिन् । उनी आफ्ना पिता र सरकारको खुल्ला समर्थक हुन् ।

ओजोदा रहमोन

ताजकिस्तानका राष्ट्रपति इमोमाली रहमोनकी ३९ वषर्ीया छोरी ओजोदा कानूनकी विद्यार्थी हुन् र सन् २००९ मा उनलाई उप विदेशमन्त्री पनि बनाइएको थियो । अघिल्लो वर्ष उनका पिताले उनलाई राष्ट्रपतिको प्रशासनिक कार्यालयको प्रमुख बनाइदिएका थिए । उनी सिनेट सदस्य पनि हुन् ।

मेरिएला क्यास्त्रो

क्युुबाली राष्ट्रपति राउल क्यास्त्रोकी छोरी मेरिएला संसद सदस्य पनि हुन् । उनी लैंगिक अल्प्संख्यकका अधिकारका लागि लडिरहेकी चर्चित अधिकारकर्मी पनि हुन् ।

उनी सरकारी संस्था नेशनल सेन्टर फर सेक्स एजुकेसनकी प्रमुख हुन् र एड्स रोकथाम तथा समलिंगी अधिकारसँग सम्बन्धित नीति बनाउनमा अग्रणी भूमिका निर्वाह गर्ने गरेकी छिन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment