Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकद्वारा विद्यालयलाई कम्युटर हस्तान्तरण


११ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो भोजपुरको ग्रामिण क्षेत्रमा रहेका विद्योदय मावि, सरस्वती निम्न मावि र राम अमर शहिद पुस्तकालयलाई ४ थान कम्युटर र १ थान ल्यापटप हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत समाजिक संस्था ईश्वर मन्दिर मार्फत कम्प्इुटर हस्तान्तरण गरिएको हो ।

विहीबार एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. रबीन्द्रप्रसाद पाण्डेले सामाजिक संस्था ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीमार्फत कम्प्युटर हस्तानतरण गरिएको हो ।

उनले राष्ट्रिय वाणिज्य बैंकले बैकिङ कारोबारसँगै सामाजिक कल्याणको लागि पनि नियमित रुपमा कार्य गर्दै अगाडि बढिरहेको बताए ।

सो कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शिक्षा जस्तो पवित्र क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा समाजलाई आवश्यक परेको क्षेत्रमा बैंकले सहयोग गर्दै जाने विचार ब्यक्त गरे ।

कार्यक्रममा बैंकका संचालकहरु ज्ञानेन्द्रराज कोइराला, बटुकनाथ ढकाल, डा.रामदेब सिंह, नायब प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद बैद्य, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केसबप्रसाद लम्साल, टेकराज जोशी लगायत विभागीय प्रमुखहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment