Comments Add Comment

जब अण्डाबाट निस्कियो हिरा !

सुुनको फुल पार्ने कुखुरीका कहानी त तपाइँले खुुबै सुन्नुभएको होला । त्यो कहानी मात्र न थियो । कुखुराले सुनको अण्डा पारेको अहिलेसम्म कसैले भेटेको थिएन । तर त्यो कहानीलाई एक कदम पछि पार्दै कुुखुरा निकै अगाडि बढेको छ । अर्थात् कुखुराले सुनको होइन हिराको अण्डा पारेको छ ।

बेलायतमा भएको छ यो घटना । ३९ वर्षकी स्याली थोम्पसनले आफुले खानका लागि उमालेको अण्डाभित्र हिरा फेला पारेको दाबी गरेकी छिन् ।

निकट भविष्यमै बिहे गर्न आँटेकी स्यालीले हालै एक बिहान जब अण्डा ब्वाइल गरेर खाँदै थिइन् तब दाँतमा ढुुंगाजस्तो चिज ठोक्कियो । अण्डाभित्र त्यस्तो कडा चिज फेला पर्दा उनी अचम्म परिन् र त्यसलाई मुखबाट बाहिर निकालिन् । बाहिर निकालिसकेर हेर्दा त त्यो कुनै मामूली ढुंगाको टुक्रा नभएर हिरा भएको ठहर गरिन् उनले ।

उनले नजिकैको गहना पसलमा लगेर देखाइन् । पसलेले त्यो हिरा नभई अर्को महंगो पत्थर भएको बतायो ।

यद्यपि कुखुराको अण्डाभित्र पाइएको चिज हिरा नभएको त प्रमाणित भयो तर अण्डाभित्र चाहे जुनसुकै किन नहोस् बहुमूल्य पत्थर फेला पर्नु चानचुने कुरा थिएन।

आखिर अण्डाभित्र कसरी पुग्यो त बहुमुल्य पत्थर ? कतिपयले चाहीँ कुुखुुराले चारो चर्ने क्रममा उक्त पत्थरको टुक्रा पनि खाएको र पेटमा पुगिसकेपछि त्यो पत्थर अण्डाभित्र पुगेको हुनसक्ने दाबी गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment