Comments Add Comment

अशोकको ‘झुल्केको घाम’

काठमाडौं । स्कूले जीवनदेखि नै गीत गायनमा लागेका पाँचथरका अशोक मुकारुङले साङ्गीतिक सक्रियता त्यसपछि पनि जारी राखे । सिंगापुर पुलिस फोर्समा करिब १८ वर्ष रहँदा पनि उनले सङ्गीत कर्मलाई निरन्तरता दिए ।

उनै मुकारुङले नयाँ गीति एल्बम झुल्केको घामल्याएका छन् । यसअघि उनले तीन वटा एल्बम ल्याइसकेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले लोकार्पण गरे । गायक तथा संगीतकार रसिकले गीतहरु सुनेपछि अशोकलाई आफूले क्षमतावान् गायकका रुपमा पाएको बताए ।

यस्तै, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ तथा कवि श्रवण मुकारुङले एल्बमका गीतहरूले अशोक साधनाबाट खारिएका प्रतिभा हुन् भन्ने प्रमाणित गरेको बताए ।

यसैगरी, गायक तथा सङ्गीतकार आभासले नेपाली सङ्गीत क्षेत्रमा दुई वटा धार रहेको उल्लेख गर्दै भने, ‘एउटा धार चरम व्यावसायिक र अर्को धार आत्मकेन्द्रित छ । अशोक दोस्रो धारमा पर्छन्, जुन धार मौलिक नेपाली गीतसङ्गीतको धार हो ।

कार्यक्रममा नेपाली बाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले पनि गायक तथा एल्बमका बारेमा बोलेका थिए ।

सेवा इन्टरटेन्टमेन्टले बजारमा ल्याएको एल्बममा झुल्केको घाम, ‘लैबरी, ‘पानी त चिसो लगायत सात गीत समेटिएका छन् । कार्यक्रममा दुई वटा म्युजिक भिडियो देखाइएको थियो ।

एल्बमका गीतहरुमा गंगाराज मुकारुङ, गौरव गुरुङ, वसन्त थाम्सुहाङ र तुलसी बस्नेतका शब्द र वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ र सुमन राईको सङ्गीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment