Comments Add Comment

एनआईसी एशिया क्यापिटललाई धितोपत्र निक्षेप सेवा प्रदान गर्ने अनुमति


११ चैत, काठमाडौं । एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र निक्षेप सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागि स्वीकृति दिएको छ । हाल एनआईसी एशिया बैंक लिमिटेडबाट दिदैं आएको धितोपत्र निक्षेप सेवा दिन अनुमति दिइएको हो ।

एनआईसी एशिया बैंक विगत दुई बर्ष देखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको एक अग्रणी संस्था हो । एनआईसी एशिया क्यापिटल लिमिटेडले यो सेवाहरुलाई अझ बढी प्रभावकारी बनाउने सेवाग्राहीहरुलाई जानकारी गरएको छ ।

सेवाग्राहीहरुले एनआईसी एशिया क्यापिटल लिमिटेडको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स कार्यालयबाट तथा एनआईसी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्न तथा संचालन गर्न सक्नेछन ।

एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो वेबसाइट पनि शुभारम्भ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment