Comments Add Comment

सांसदको निधनप्रति शोक जनाउँदै लेखा समितिको बैठक स्थगित

११ चैत, काठमाडौं । एमाले सांसद दुलारी देवी साहको निधनप्रति शोक व्यक्त गर्दै व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको शुक्रबारको बैठक स्थगित भएको छ ।

मेलम्ची खानेपानीको विषयमा छलफल गर्न बोलाइएको शुक्रबारको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

भारतको सितामडीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाईते भई उपचाररत सांसद देवीको विहीबार राति ललितपुरस्थित बी एण्ड बी अस्पतालमा निधन भएको थियो ।

सर्लाही निवासी ४६ वर्षीया साह एमालेबाट समानुपातिक सांसद थिइन् । समितिले स्वर्गीय सांसद देवीको शोक सन्तप्त परिवारजनप्रति पनि हार्दिक समवेदना व्यक्त गरेको छ ।

सांसद साहको श्रीमा्न, २ छोरा र २ छोरी छन । २०५२ सालयता सांसद देवी एमालेको विभिन्न जनवर्गीय संगठनमा रहेका काम गर्दै आएकी थिइन् ।

समितिको आजको बैठकमा मेलम्ची खानेपानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो । सांसदहरुले मेलम्ची खानेपानी आउन अझै एक वर्ष लाग्ने र त्यसमा भ्रष्टाचार समेत भएको हुनसक्ने आशंका गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment