Comments Add Comment

तपसीको गुनासो-‘मलाई आज पनि ३ हिरोइनको विकल्पमा राखिन्छ’


‘बेबी, पिंक’ जस्ता चलचित्रमा अभिनय गरेरै चर्चित अवार्डहरु जितेकी दर्शकबाट प्रशंसा समेत पाएकी नायिका हुन् तपसी पन्नु । तर, तपसी आज पनि निर्माताले आफूलाई पहिलो रोजाइकी नायिका नसंझदा दुःख लाग्ने बताउँछिन् । उनले अभिनय गरेको चलचित्र ‘नाम शबाना’ आउँदो शुक्रबारबाट रिलिज हुँदैछ ।

तपसी भन्छिन्-‘अवार्ड र चलचित्रमा सफलता पाइसकेपछि पनि मेरो जिन्दगी बदलिएको छैन । मलाई आज पनि, २ वा ३ नायिकाको विकल्पको रुपमा राखिन्छ । म अझै पनि पहिलो रोजाइकी नायिका बन्न सकेकी छैन ।’ तपसीले आज पनि आफूलाई निर्माताले रोक्ने गरेको र आफ्नो नयाँ चलचित्रको बक्स अफिसको प्रतिक्षा गर्ने गरेको गुनासो गरेकी छिन् ।

तपसी बलिउडका टप नायिकाको सूचीमा पर्न चाहिन्छन् । उनी भन्छिन्-‘म टप नायिका बन्न चाहन्छु । एक पटक त्यहाँ पुगेपछि राम्रो चलचित्रको अफर आउन थाल्छ । त्यसपछि, नायिकाको उमेरले खासै फरक पार्दैन ।’

आफू टप नायिका नभएपनि मानिसहरुले आफ्नो कुरा सुन्न थालेकोमा तपसीले खुशी व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment