Comments Add Comment

बोस्टन म्याराथनको आधिकारिक फोटो पत्रकारमा विमल नेपालको नियुक्ति

वाशिंगटन डीसी । डेढ दशकदेखि अमेरिकाको बोस्टनमा बस्दै आएका नेपाली मूलका फोटोपत्रकार बिमल नेपाललाई बोस्टन म्याराथन दौड-२०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त गरिएको छ ।

सामाजिक सञ्जालमा उनले आफू बोस्टन म्याराथनको आधिकारिक फोटोग्राफर भएको पुष्टि गरेका छन् ।

बोस्टन बिश्वबिद्यालयबाट फोटोग्राफी अध्ययन गरेका नेपाल सम्भवतः बोस्टन म्यराथनमा आधिकारिक फोटो पत्रकार हुने एकमात्र नेपाली हुन् । आफूले यसै बिषयमा अध्ययन गरेको र बिश्वकै सबै भन्दा पुरानो तथा संसारभरबाट खेलाडीहरु सहभागी हुन आउने भएकोले आफू उत्साहित भएको नेपालले बताए ।

आगामी अपि्रल १७, २०१७ सोमबार राष्ट्रिय दिवसको उपलक्ष्यमा बोस्टन म्याराथन दौड हुनेछ । बोस्टन म्याराथन विश्वकै सवैभन्दा पुरानो बाषिर्क म्याराथन हो । सन् १८९७ बाट सुरु भएको म्याराथन दौड बोस्टन एथलेटिक एसोसिएसन (बिएए) ले व्यवस्थापन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment