Comments Add Comment

म्यादी प्रहरीको भर्ना खुल्यो, ५४ वर्ष पुगेकाले पनि जागिर खान पाउने

७५ जिल्लाबाटै आवेदन दिन सकिने

११ चैत, काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते हुने निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्ना आहृवान गरेको छ । प्रहरीको प्रधान कार्यालय नक्सालले शुक्रबार सूचना प्रकाशित गरी ७५ हजार म्यादी प्रहरीको भर्ना आहृवान गरेको हो । म्यादी प्रहरीमा ७५ वटै जिल्लाबाट युवायुवतीले आवेदन दिन सक्नेछन् ।

नेपाल प्रहरीले इच्छुक नेपाली नागरिकलाई चैत १७ गते साँझ पाँचबजेभित्र आवेदन दिन भनेको छ । १८ बर्ष उमेर पुरा भएको र ५४ बर्ष उमेर ननाघेको हरेक नेपाली नागरिकले आवेदन दिन सक्ने सुचनामा उल्लेख छ ।

म्यादी प्रहरीका लागि योग्यता

म्यादी प्रहरीका लागि नेपाली नागरिक भएको हुनुपर्नेछ । १८ बर्ष उमेर पुरा भइ ५४ बर्ष ननाघेको हुनुपर्नेछ । यस्तै म्यादी प्रहरीका लागि दरखास्त हाल्ने नागरिक कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर नठहराएको र राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ । यस्तै शारीरिक तथा मानसिक रुपले तन्दरुस्त रहेको हुनुपर्नेछ । शैक्षिक योगयता सामान्य लेखपढ गर्न सक्ने हुनुपर्नेछ ।

म्यादी प्रहरीका लागि कसलाई प्राथमिकता ?

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिने बताइएको छ । यस्तै पूर्व वन रक्षकलाई पनि प्राथमिकतामा राखिनेछ । यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा भर्नाको लागि आवेदन गरी शारीरिक परीक्षणमा समेत समावेश भएका प्रवेश पत्रको प्रतिलिपी पेश गर्ने व्यक्तिहरु प्रथामितामा पर्नेछन् ।

यस्तै विदेशमा सुरक्षाका निकायमा काम गरि सेवा निवृत्त भएका नेपाली पूर्व सुरक्षाकर्मी र विगतको संविधानसभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भइ काम गरेका व्यक्तिहरुलाई पनि प्राथमिकतामा दिने नेपाल प्रहरीले जनाएको छ ।

छनोट कहिले ?

नेपाल प्रहरीले म्यादी प्रहरीका लागि प्राप्त दरखास्तबाट चैत १९ गतेबाट २१ गतेसम्म छनौट गर्नेछ । र अन्तिम नतिजा चैत २२ गते प्रकाशन गर्ने बताएको छ । म्यादी प्रहरीको सेवा अविधी ५५ दिनको हुनेछ ।

सेवा सुविधा के के ?

हरेक म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाए सरहको सेवा सुविधा र भत्ता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment