Comments Add Comment

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी कडायतलाई

११ चैत,काठमाडौं । नेपाली सेनाले नयाँ प्रवक्ताको जिम्मेवारी सहायक रथी झंकरबहादुर कडायतलाई दिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शुक्रबारदेखि कडायतले प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालेका ताराबहादुर काकी मानार्थ उपरथीमा बढुवा भएपछि कडायतले नयाँ जिम्मेवारी पाएका हुन् ।

करिब १८ महिना सैनिक प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालेका मनार्थ उपरथी कार्कीले यसै साता ३५ वर्षे सैनिक सेवाबाट अवकाश पाउँदैछन् ।

त्यस्तै नयाँ जिम्मेवारी सम्हाल्न आइपुगेका सहायक रथी कडायतले पनि नेपाली सेनामा ३१ वर्ष सेवा गरिसकेका छन् । पाकिस्तानबाट नेश्नलडिफेन्स कोर्स गरेका कडायतले भारतस्थित नेपाली दूतावासमा ३ वर्ष सैनिक सहचरीको रुपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment