Comments Add Comment

चिनियाँ रक्षामन्त्री र प्रधानसेनापतीबीच भेटवार्ता

११ चैत, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री च्याङ वानग्वाइन र प्रधानसेनापति राजेन्द्र क्षत्रीबीच भेटवार्ता भएको छ ।

सैनिक मूख्यालय जंगीअड्डामा भएको भेटमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको लामो सम्बन्धका बारेमा चर्चा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

चिनियाँ रक्षा मन्त्री च्याङले प्रधानसेनापती क्षत्रीलाई भेट्नु अघि सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरेका थिए ।

चिनियाँ सेनाले नेपाली सेनालाई सैनिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसअघि चीनले नेपाली सेनालाई ८४ करोड मूल्य बराबरको विभिन्न सैन्य समाग्री उपलब्ध गराएको थियो ।

प्रधानसेनापती राजेन्द्र क्षेत्रीले पनि एक वर्ष अघि चिन भ्रमण गरेका थिए । चिनियाँ रक्षा मन्त्री स्तरको भ्रमण भने १६ वर्ष पछि जुरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment