Comments Add Comment

रुपन्देहीमा क्षयरोगीको संख्या १ हजार ३ सय ८६

११ चैत, बुटवल । रुपन्देहीमा १ हजार ३ सय ८६ जना क्षयरोगी रहेका छन् । उनीहरु निरन्तर उपचारमा छन् ।

अहिलेसम्म उपचार गराउन आउनेहरुबाट सो संख्यामा क्षयरोगका बिरामीहरु पत्ता लागेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका क्षय–कुष्ठ रोग निरीक्षक टीकाराम अधिकारीले जानकारी दिए ।

जिल्लामा नयाँ रोगी पत्ता लाग्ने दर १ सय ४० र बिरामी निको हुने दर ९२ रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षयरोगका बिरामीहरुमध्ये डीआर टिबी लुम्बिनी अञ्चलका ६ जिल्ला र स्याङ्जा गरी ७ जिल्लामा गरी ४२ जनामा रहेको बुझिएको छ ।

ती मध्ये १५ जना बिरामीले बुटवलको ढवाहामा रहेको आवासगृहमा उपचार गराएको समेत क्षय–कुष्ठ रोग निरीक्षक अधिकारीले बताए ।

अधिकारीले नेपाल सरकारको लक्ष्य अनुसार काम भइरहेको बताए । रुपन्देहीका ८० ठाउँमा क्षयरोगको उपचार तथा औषधि वितरण हुने गरेको छ ।

रुपन्देहीमा रोग निदान केन्द्र २२, शहरी उपचार केन्द्र तथा उपकेन्द्र २०, डीआर टिबी केन्द्र १, जिनएक्सपोट केन्द्र १, बीआर टिबी उपचार केन्द्र २ वटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment