Comments Add Comment

जिल्ला अस्पतालको स्तरवृद्धि गर्ने स्वास्थ्यमन्त्री थापाको प्रतिबद्धता

११ चैत, रौतहट । स्वास्थ्यमन्त्री गगन थापाले मुलुकका जिल्ला अस्पतालहरुलाई स्तरबृद्धि गरी स्वास्थ्यमा सार्वसाधारणको पहुँच बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रौतहटको गौरमा स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले सञ्चालन गरिरहेको अत्याधुनिक स्वास्थ्य शिविर अवलोकनका लागि पुगेका मन्त्री थापाले सेनाको स्वास्थ्य शिविरमा देखिएको मानव सागरले जिल्ला अस्पतालको निरिहता झल्कने बताए ।

स्वास्थ्य सेवाको दृष्टिकोणले सबैभन्दा दयनीय देखिएको रौतहटमा मन्त्रालयको पहलमा सेनाको शिविर सञ्चालन गरिएको मन्त्री थापाले बताए । ‘शिविरमा बिरामीहरुको चाप देख्दा जिल्ला अस्पतालको अवस्था बुझ्न कठिन छैन, आगामी दिनमा अस्पतालको स्तरबृद्धि गरी सर्वसाधारणलाई उचित सेवा पुर्‍याउनेतर्फ मन्त्रालय केन्दि्रत हुनेछ ।’ मन्त्री थापाले भने ।

यहीँ बसेर अध्ययन गरिरहेको तथा जिल्ला अस्पतालमा चाहिने सवै साधनहरुको व्यवस्थापन गरिने समेत मन्त्रीले जानकारी दिए । जिल्ला अस्पताल लगायत चन्द्रपुर अस्पतालको स्तरवृद्धि गर्न सरकारले उचित ध्यान दिएको उनले बताए ।

मन्त्री थापाले आम नेपाली जनताहरुको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवाबाट बञ्चित नेपालीलाई लक्षित गरी मन्त्रालयको अगुवाइमा सेनाले स्वास्थ्य शिविर संचालन गरी मानविय धर्म निर्वाह गरेको बताए ।

अवलोकनमा रक्षा मन्त्री बालकृष्ण खाँड, नेपाली सेनाका रथी पूर्णचन्द्र थापासहितका उच्च अधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment