Comments Add Comment

मेरो त निश्चलसँग बिहे भैसक्यो, मलाई किन मन पराउँछौ ?: स्वस्तिमा

आजसम्म २ जना यूवतीसँग प्रेम गरेः सुरज


नायिका स्वस्तिमा खड्का वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ लभ लभ’बाट निकै उत्साहित छिन् । यो चलचित्रमा उनलाई नव नायक सुरज पाण्डे साथ दिएका छन् ।

स्वस्तिमा र सुरजले चलचित्रलाई विभिन्न स्टेपमा हुने प्रेमको रुपमा चित्रित गरेका छन् । अनलाइनखबरसँग ‘मस्ती टक’मा रमाइलो कुराकानी गर्ने क्रममा यो जोडीले ‘लभ लभ लभ’मा काम गर्दाको अनुभव मात्र सुनाएन, एक अर्कालाई प्रेम प्रस्ताव नै राख्यो ।

स्वस्तिमा र सुरजसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

स्वस्तिमाले बिबाह गरेपछि पति निश्चल बस्नेतसँगको सम्बन्धको बिषयमा पनि कुरा खुलाइन् । उनलाई, फेसबुकमा धेरैले ‘राष्ट्रिय भाउजु’ पनि भन्ने गरेका छन् । स्वस्तिमा आफूलाई सम्मानका साथ यो भनिएको हो भने दुख नलाग्ने बताउँछिन् ।

तपाई र निश्चलको झगडा कति हुन्छ भन्ने प्रश्नमा उनले ‘एकदमै’ धेरै हुने प्रतिक्रिया दिइन् । यता, चलचित्रका मुख्य कलाकार सुरज पाण्डेले आफूले अहिलेसम्म २ जना यूवतीसँग प्रेम गरेको खुलाए । उनले, दुबै जना यूवतीसँग अहिले व्रेकअप भैसकेको समेत स्पष्ट पारे ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर लाग्ने योजना सुरजको छ । स्वस्तिमाले आफूले आजसम्म निश्चलको गोजीबाट पैसा नचोरेको समेत बताइन् ।
शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

स्वस्तिमा र सुरजको ‘मस्ती टक’ भिडियो निकै रमाइलो छ, तपाइलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment