म्यूजिक भिडियोमा मात्र सिमित रहेकी नायिका अनु शाह अहिले भने एक चलचित्रको काममा व्यस्त छिन् । वुधबारदेखि अनु आर.बी.के ‘शरद’ले निर्देशन गरिरहेको चलचित्र ‘पसिना’को सेटमा जोडिएकी छिन् ।
श्रम नगरि पैसा आउँदैन भन्ने कथामा यो चलचित्र बनेको छ । चलचित्रका बिषयमा निर्देशक शरदले भने-‘हामीले चलचित्रमा आफ्नै माटोमा पसिना बगाएको खण्डमा सफल भइन्छ भन्ने कथालाई देखाउन खोजेका छौ ।’
चलचित्रमा अनु शाह र गौरव पहारिको जोडीलाई देख्न सकिन्छ । साथमा, सरोज खनाल, रवि गिरी, सुरजनी केसी, जयनन्द लामा, सरोज अर्याल लगायतका कलाकारलाई चलचित्रमा देख्न सकिन्छ । २५ दिन लगाएर चलचित्रको छायांकन गरिने निर्देशकको भनाई छ । ललितपुरको भैसेपाटीमा चलचित्रको छायांकन भैरहेको छ ।