Comments Add Comment

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा अमेरिकी डलर बरामद

११ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा अमेरिकी डलर बरामद गरेको छ ।

थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीहरुको साथबाट २ लाख ८६ हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

विमानस्थलका डीआइजी पंकज श्रेष्ठका अनुसार काठमाडौंबाट थाइल्याण्ड जान लागेका ४ जना भिक्षुणीहरुको झोलामा संकास्पद देखिएपछि चेक गर्दा २ लाख ८६ हजार डलर र २ लाख ६८ हजार भारतीय मुद्रा भेटिएको हो ।

‘नेपालबाट यति ठूलो परिमाणमा बिदेशी मुद्रा लैजान पाइँदैन, कहाँबाट डलर ल्याए भन्ने अनुसन्धान हुँदै छ ।’ डीआइजी श्रेष्ठले भने ।

आफुहरुले विद्यालय बनाउन संकलन गरेको डलर लैजान लागेको आरोपीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment