Comments Add Comment

तस्वीरमा प्रधानमन्त्रीको चीन भ्रमणः थाङ्का अवलोकनदेखि उपप्रधानमन्त्रीसँग वार्तासम्म

११ चैत, हेइनान । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार हेइनानमा उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रमण्डलले शुक्रबार अपराह्न चिनियाँ स्टेट काउन्सिलर तथा उपप्रधानमन्त्रीसँग भेट वार्ता गर्‍यो ।

यो भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डका साथमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास वैरागी एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसमेतको उपस्थिति थियो ।

चिनियाँ उपप्रधानमन्त्रीसँग भेट गर्नुपूर्व प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली टोलीले थाङ्का एवं चिनियाँ कलाको अवलोकन गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले हेइनानस्थित बोआओ सम्मेलनको उद्घाटन सत्रलाई शनिबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्रीको टोली हेइनानबाट बेइजिङ जानेछ ।

यो पनि पढ्नुहोस् –

प्रचण्डले भाग लिने बोआओ सम्मेलनको नालीबेली

भ्रमणका केही तस्वीरहरु:

तस्वीर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment