Comments Add Comment

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, ३ घाइते

फाइल तस्वीर

११ चैत, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भूमि भैरव मन्दिर नजिकै शुक्रबार दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुई युवती र एक युवक घाइते भएका छन् ।

प्रहरीका अनुसार एकैतिरबाट गैरहेका बा ५३ प ५४२६ र बा ६० प ९४९६ नम्बरको पल्सर मोटरसाइकल शुक्रबार दिउँसो ठोक्किएका थिए ।

दुर्घटनामा बा ६० प ९४९६ नम्बरको मोटरसाइकल चालक भत्सल मोरको मृत्यु भएको हो । उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले चलाएको मोटरसाइकलको पछाडि सवार युवती आस्मा सिंह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको पनि ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

त्यस्तै अर्को मोटरसाइकलमा सवार सुमन कडरिया र शुभेक्षा खत्री भने सामान्य घाइते भएका छन् । उनीहरु दुबै जनाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment