Comments Add Comment

एक बर्षपछि हलमा आउँदै रेखा, दर्शक कति प्रतिक्षामा ?


सिंगल थिएटरमा निकै राम्रो क्रेज बनाएकी नायिका रेखा थापा करिब एक बर्षपछि हलमा आउँदैछिन् । गतबर्षको अन्त्यमा रेखा अभिनित चलचित्र ‘रामप्यारी’ रिलिज भएको थियो । त्यसपछि, रेखाको कुनै पनि चलचित्र रिलिज भएको छैन । कलाकारहरु लामो ग्यापपछि हलमा आउँदा दर्शकमा उत्साह हुने गरेको छ ।

रेखा करिब १ बर्षपछि ‘पलाँस’ चलचित्रमार्फत दर्शकमाझ आउँदैछिन् । यो चलचित्र सिंगल र मल्टिप्लेक्स दुबै हलमा लाग्नेछ । कृषा चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।

चलचित्रमा रेखाले यस अगाडि निर्वाहा नगरेको भूमिका गरेकी छिन् । रेखालाई दर्शकले चलचित्रमा ‘शिक्षिकादेखि कल गर्ल’ सम्मको भूमिकामा देख्न पाउनेछन् । यसैले पनि रेखा आफूले यो चलचित्रमा काम गरेको बताउँछिन् ।

चलचित्रमा अयुव केसी, कामेश्वर चौरासिया लगायतका कलाकारको पनि मुख्य भूमिका छ । करिब एक बर्षपछि हलमा आउन लागेकी रेखालाई लिएर दर्शक कति उत्साहित छिन्, यो चैत्र १८ गतेपछि थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment