Comments Add Comment

बेल्जियमका प्रख्यात चित्रकार काठमाडौंमा 

११ चैत, काठमाडौं । भनाइ छ, इच्छाशक्ति भए जस्तोसुकै कठिन काम पनि गर्न सकिन्छ । पूरै पहाड पनि अर्को ठाउँमा सार्न सकिन्छ ।

यो भनाइलाई करिब १५ वर्षअघि सिद्ध गरेका चर्चित बेल्जियन कलाकार फ्रान्सिस अलिस काठमाडौं आएका छन् । काठमाडौंमा शुक्रबारबाट सुरू भएको कला महोत्सव ‘काठमाडौं ट्रायनाले’ को संरक्षकको हैसियतमा उनी आएका हुन् ।

सन् २००२ मा पेरूको राजधानी बाहिर रहेको भेन्तानिज्या जिल्लामा रहेको मरभूमिमा ५ सय स्वयंसेवकको मद्दतले उनले एउटा ‘पहाड’ नै केही इञ्च सारेका थिए । अलिसले स्वयंसेवकहरूलाई लामबद्ध गरी पहाड चढाएर हरेक पाइलामा साबेलले माटो दायाँबाट बायाँ फ्याँक्न लगाएका थिए ।

कार्यक्रम सकिएपछि जाँच गरिँदा त्यो पहाड केही इञ्च सरेको देखिएको थियो ।

कलाको प्रजातान्त्रीकरणका प्रखर समर्थक अलिस संसारकै गिनेचुनेका कलाकारहरुमध्ये पर्छन् । उनी कलालाई चित्र र रङमा मात्रै सीमित नराखी श्रव्य-दृश्य र एनिमेशन समेतलाई महत्व दिने गर्छन् । उनले नेपालमा भने कुनै प्रदर्शनी गर्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment