Comments Add Comment

पोखरा महानगरका २ वडामा माओवादीबाट १३ जना अध्यक्षका आकांक्षी

११ चैत, कास्की । आसन्न स्थानीय निर्वाचनका लागि पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १२ र १३ को वडाधक्ष्य पदका लागि माओवादी केन्द्रबाट १३ जना आकांक्षी देखिएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रका ७ जनाले वडाध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् ।

पार्टीका वडा अध्यक्ष समेत रहेका गोविन्द्रप्रसाद घिमिरे (भृकुटीटोल), मिन तमु (शान्तिपथ), रोहित खत्री (माटेपानी), खगेन्द्र केसी (भृकुटीटोल), मिना कामी (हस्पिटलचोक), दिलमाया सुनार (हस्पिटलचोक) र हिरादेबी लामिछाने (हस्पिटलचोक)ले वडा नम्बर १२ को वडाध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् ।

त्यस्तै, वडा नम्बर १३ मा माओवादी केन्द्रका ६ जनाले वडाध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् ।

माओवादी केन्द्र निकट श्रोतका अनुसार पार्टीका वडाध्यक्ष बिरजंग गुरुङ (भद्रकाली), पार्टीका निवर्तमान वडाध्यक्ष तिलक गुरुङ (बाँझापाटन), चित्रबहादुर विक (कमलपोखरी), देवराज बराल (आर्वा), मोहम्मद थारु (मियापाटन) र शान्ता रानाभाट (भद्रकाली)ले वडा नम्बर १३ को वडाध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment