Comments Add Comment

७ महिनामा नेपालीले विदेशबाट पठाए ३ खर्ब ९४ अर्ब, रेमिट्यान्स वृद्धिदर घट्दो


११ चैत, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घटेपछि विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर पनि घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ११.७ प्रतिशतले कमी आएको छ । विदेशबाट नेपालीले आर्जन गरेर पठाउने रकमको वृद्धि अनुपात लगातार ओरालो लाग्दा त्यसले अर्थतन्त्रमा पार्नसक्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार यो आथिर्क वर्षको माघ महिनासम्म अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले वृद्धि भई भएको छ । यो वृद्धिरसँगै ३ खर्ब ९४ अर्ब ५७ करोड रुपैयाँ रेमटि्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले वृद्धि भएको थियो । यसअनुसार यो वर्ष रेमिट्यान्सको वृद्धिदर गतवर्षहरुमा जतो उल्लेख्य छैन । खुद ट्रान्सफर आय ८.३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ७५ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.९ प्रतिशतले बढेको थियो ।

रेमिटरयान्स आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएका कारण पनि वृद्धिदर प्रभावित भएको हो ।

विदेश जाने पनि घटे


यो वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ । अघिल्लो वर्षको समीक्ष अवधिको तुलनामा चालू आवको माघसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २३ दशमलव ६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको माघसम्म विदेशिनेको संख्या २१ दशलवम ८ प्रतिशतले बढेको थियो । यो अवधिसम्म झण्डै २ लाख नेपाली विदेशिएका छन् ।

खाडी राष्ट्रको रोजगारी र आर्थिक क्षेत्रमा देखिएको संकट नै विदेश जानेको संख्या घट्नुको मूल कारण मानिएको छ । विदेश जानेको संख्या लगातार घटिरहनुले रेमिट्यान्सको वृद्धिदरलाई प्रभावित गरेको छ ।

अहिलेसम्म ब्यापार घाटाको बिकराल अवस्थालाई थेग्नेसक्ने गरी रेमिट्यान्स परिचालित भइरहेको छ । तर, आयातको दर बढेको बढ्यै गर्दा रेमिट्यान्सको वृद्धिदर घट्नुले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्नसक्नेछ । विदेशमा कार्यरत ठूलो नेपाली जनशक्तिले पठाइरहेको रेमिट्यान्स उपभोगमै खर्च हुने प्रवृत्तिले पनि समस्या परेको छ ।

अहिले नेपालीको ८२ प्रतिशतभन्दा बढी रेमिट्यान्स उपभोगमै सकिन्छ । सरकारले रेमिट्यान्सलाई उत्पादनमुलक क्षमेत्रमा लगाउने नीति लिएपनि योजनाहरु त्यसअनुसार अघि सारिएका छैनन् । त्यसैका कारण आएको रेमिट्यान्सको दुरुपयोग ज्यादा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment