Comments Add Comment

नार्कोसी डटकमले थाल्यो भिडियोमा अाधारित सेवा

अस्ट्रेलिया । काठमा नार्कोसी डटकमले  इन्टरनेटमा पहुँच भएका विश्वभरिका एक करोड नेपाली भाषीलाई सहयोग पुग्ने हेतुले  नयाँ उत्पादन सार्वजनिक गरिएको छ ।

 

हालै नेपाली भाषाका  श्रब्य दृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रबिधि तयार गरिएको छ । http://www.narkosi.com/videos लिन्कमा गएर भिडियोहरु हेर्न सकिनेछ । यस अघिनै नेपाली भाषाका रेडियो हरु पनि नार्कोसी डट कममा सुन्न सकिने ब्यबस्था भैसकेको छ ।

अस्ट्रेलियामा स्थापित सूचना प्रबिधिमा खोज तथा उत्पादन गर्ने संस्था बुनेशा इन्टरनेसनलद्वारा संचालित नर्कोसी डटकमले आफ्नो स्थापनाको दोश्रो वर्ष सुरु हुँदा निकै महत्वपूर्ण कामहरु गरेको कम्पनीले जानकारी दिएको छ ।

नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रबर्दन गर्न यो वर्ष  देखि नेपालको प्रेस काउन्सिलसँग अनलाइन क्लिपिंगका लागि सहकार्य सुरु भएको छ ।

नार्कोसीको पहल इन्टरनेटका प्रयोगकर्ता नेपाली भाषीलार्इ नेपाली भाषाका भिडियो सामग्रीहरु सजिलै उपलब्ध गराउनु रहेको कम्पनीले  बताएको छ ।

नार्कोसी डट कमले आफ्ना उपभोक्ताहरुको सेवाका लागि युट्युबमा अपलोड भएको कुनैपनि नेपाली भिडियोलार्इ दश मिनेटभन्दा पनि कम समयमा उपलब्ध गराउने गर्दछ । हालसम्म नार्कोसी डट कमको संग्रहमा साठी हजारभन्दा बढी नेपाली भाषाका भिडियोहरु संकलन भएका छन् ।

नार्कोसी डट कमले नेपाली भाषाका युट्युब चानलहरुले प्रशारण गर्ने कार्यक्रमहरु बिषयगत रुपमा प्रस्तुत गरेकाले दर्शक श्रोताको समय बच्नुका साथै आफ्नो रुची अनुसारका कार्यक्रम छान्न सकिने भएको छ ।

समाचार, अन्तर्वार्ता, कमेडी, खेलकुद, संगीत, फिल्म, प्रेरणादायी भिडियोहरु भनेर छुट्याइएको छ । त्यस्तै समयक्रम अनुशार पनि भिडियो हेर्न मिल्ने भएकोले नेपाली भाषाका अनलाइन भिडियोका दर्शकलाइ यो निकै उपयोगी छ ।

नार्कोसी डट कमले भिडियो उत्पादक च्यानलहरुलाई उनीहरुका लक्षित श्रोताहरुसम्म सजिलै पुर्याउने व्यवस्था गरेको छ भने श्रोतालार्इ रोजेको र खोजेको भिडियो सामग्री प्राप्त गर्ने सुबिधा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment