Comments Add Comment

मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैनः डा कोइराला

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् ।

गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले  गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए ।

डा. कोइरालाले कांग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हक र हितका लागि काम गर्दै आएको बताए । उहाँले भने, “कांग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको हो ।”

नेपाल ट्रेड युनियनका नेता एवम् सांसद पुष्कर आचार्यले मजदुर आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएकाले तिनका समस्यालाई राज्यले बेवास्ता गर्न नहुने बताए । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव आशासिंह राठौरले ट्रेड युनियनमा लागेका व्यक्तिलाई सम्मानले ठूलो प्रोत्साहन मिल्ने बताए।

कार्यक्रममा जिपी कोइराला लेबर फाउन्डेसनका अध्यक्ष शिशिरकुमार झा, नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई, इम्ब्रोडरी तथा सिलाइबुनाइ सङ्घका अध्यक्ष तेजप्रकाश रिजाललगायतले श्रमिकका लागि राज्यले छुट्टै आयोग गठन गर्नुपर्नेमा जोड दिए।

ट्रेड युनियन अवार्ड केसीलाई

गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्ड नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका केन्द्रीय सदस्य सुरथबहादुर केसीलाई प्रदान गरिएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको स्थापनाकालदेखि श्रमिकको हकहितका लागि विशेष योगदान गरेकाे भन्दै उनलाई १० हजार २५ सहित प्रमाणपत्र प्रदान गरिएको हो ।

ट्रेड युनियनकर्मी सूर्य नेपाल, मीरा निरौला र नेपाली कांग्रेसकी नेत्रृ सुजाता कोइरालाको सक्रियतामा विसं २०७१ देखि अवार्ड स्थापना गरी प्रत्येक वर्ष वितरण गरिँदै आएको छ ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment