Comments Add Comment

नेपाल आयो साओमीको एमआई नोट-२, बुकिङमा आकर्षक अफर


११ चैत, काठमाडौं । साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फ्डको मार्दै असाधारण प्रविधियूक्त मि-मिक्सपछिको प्रिमियम फोनको रुपमा एमआई नोट-२ भित्र्याएको छ ।

अग्र भागको दुई साइडमा कर्भ विषेशता रहेको यस फोनमा ५.७ इन्च एलइडी डिस्प्ले छ । यसमा
६ जिबी र्‍याम र १२८ जिबी रोम पनि छ । एमआई नोट-२ मा २२.५६ मेगापिक्सलको रेयर र ८ मेगापिक्सलको अटो फोकस फ्रन्ट क्यामेरा रहेको छ ।

यसमा राम्रो टिक्ने ४०७० एमएएच ब्याट्री पनि छ, जुन चार गुणा चाडो चार्ज हुने क्षमताको हो ।

एमआई नोट-२ अब चैत १५ गते सम्म बुकिङ गर्न सकिनेछ । यो फोनको मूल्य ७६ हजार ९ सय ९९ रूपैयाँ रहेको छ ।
बुकिङ्ग अवधिभर कम्पनीले एमआई नोट-२ किन्ने उपभोक्ताहरुलाई ४ हजार ४ सय ९९ बराबरको मि ब्याण्ड २ दिने घोषणा गरेकोे छ ।

शारदा गुप्र अन्तर्गतको वत्सलइम्पेक्स प्रालिले नेपालमा साओमीको बिक्री वितरण गरिरहेको छ । साओमीको उत्पादनले नेपालमा उत्साहजनक सफलताले पाएको छ ।

साओमीका स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामाग्रीहरुको लागि आधिकारीक अनलाईन स्टोरको रुपमा xiaominepal.com.np छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment