Comments Add Comment

एमालेलाई ‘काउन्टर’ गर्दै भैरहवा पुगे बाबुराम

ओलीको उट्पट्याङ् कुराले देश विखण्डनतिर जाने आरोप

११ चैत, भैरहवा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई यतिबेला तराई मधेसको अभियानमा छन् । तीन दिन अघि लाहानबाट सुरु भएको नयाँशक्ति पार्टीको ‘हिमाल पहाड तराई मधेस अभियान’ शुक्रबार भैरहवा आइपुगेको छ ।
एमालेले दुई नम्बर प्रदेशमा मधेसी जनताको विरोधका कारण अभियान सञ्चालन गर्न नसके पनि बाबुरामको सभा कतै पनि अवरोध नभई अघि बढेको छ । यसवीचमा बुधबार र विहीबार सिराहाको लाहान र रौतहटको चन्द्रनिगाहापुरमा सभा सम्पन्न भएका छन् भने शुक्रबार भैरहवामा आमसभा सम्पन्न भएको छ ।
यसक्रममा नयाँ शक्ति पार्टीमा प्रवेश गर्नेहरुको पनि लहर देखिएको नयाँ शक्तिका नेताहरुले बताएका छन् ।

नयाँ शक्तिका नेताहरु बढीजसो एमाले र केपी ओलीको आलोचनामा केन्द्रित देखिएका छन् । उनीहरुको अभियान एक किसिमले एमालेको मेची महाकाली अभियानको ‘काउन्टर’ अभियानजस्तै देखिएको छ ।

ओलीको हठले देश विखण्डनतिर जाने आरोप

डा.  भट्टराईले संविधान संशोधन हुन नदिने एमालेको अडानले देश बिखण्डन हुने चेतावनी दिएका छन् । उनले असन्तुष्ट पक्षका मागलाई संविधान संशोधनमार्फत् पूरा गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

बाबुराम भट्टराईले एमालेका केपी ओलीतर्फ संकेत गर्दै भने- ‘बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तर बुद्धको जन्मस्थानमै बसोबास गर्ने मधेसीहरू विदेशी हुन् भन्ने जस्ता उट्पट्याङ् कुरा गर्नुहुँदैन

नयाँ शक्ति पार्टी रुपन्देहीद्वारा शुक्रबार भैरहवामा आयोजित हिमाल, पहाड मधेस तराई थरुहट एकता अभियानको सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले भने, ‘संविधान संशोधन गर्न सकिने दस्तावेज हो । संशोधन गरेर असुन्तष्ट पक्षको मागलाई सम्बोधन गरी देशलाई विकास तर्फ लैजान सकिन्छ तर एमालेले राष्ट्रवादको नारा दिएर संशोधन गर्नैहुन्न भन्ने कसेको अड्डीले देशलाई विखन्डन तर्फ लैजान सक्छ ।’

एमालेको मेची-महाकाली अभियानलाई काउन्टर दिँदै दुई नम्बर प्रदेशमा निर्वाध सभा गरेको नयाँ शक्तिले शुक्रबार भैरहवामा सभा गरेको हो ।

सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एमालेतर्फ संकेत गर्दै भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तर बुद्धको जन्मस्थानमै बसोबास गर्नेहरु मधेसी विदेशी हुन् भन्ने जस्ता उट्पट्याङ् कुरा गर्नु हुँदैन ।

डा. भट्टराईले संविधान संशोधन नगर्दा सीके राउत प्रवृत्ति र पृथकतावादीलाई बल पुग्ने भन्दै संविधान संशोधन गरेर चुनावमा जानुपर्ने बताए

संविधान संशोधन गर्नै नदिने भन्ने एमालेको अडानलाई उनले अलोकतान्त्रिकको संज्ञा दिए । संविधान संशोधन गर्न सकिने दस्तावेज भएको बताउँदै भट्टराईले संविधान संशोधन नगर्दा सीके राउत प्रवृत्ति र पृथकतावादीलाई बल पुग्ने बताए । यसले द्वन्द्व बढ्ने र देश बिखन्डनतर्फ जानसक्ने उनले चेतावनी दिए ।

मधेसी, आदिवासी जनजाति लगायतका मागहरुलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै भट्टराईले संविधान संशोधन गरी चुनावमा जानुपर्ने धारणा राखे ।

संघीयताविरुद्ध भ्रम फैलाइएको उल्लेख गर्दै उनले संघीयताले देशलाई झनै मजबुत पार्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment