Comments Add Comment

मध्यरातमा राजधानीमा असिना वर्षियो

११ चैत, काठमाडौं । एकसाता अघिदेखि धुम्मिएको राजधानीमा शुक्रबार राति १० बजेतिर अकस्मात् असिनापानी परेको छ । रातको समय भएता पनि असिना देखेर वालवालिका र युवायुवतीहरु रमाएका दृश्य देख्न सकिन्थ्यो ।

एकैछिन हावा हुरीसहित परेको पानीसँगै असिनाको वर्षा भएको थियो ।

अघिल्लो सातामात्रै सप्तरी लगायतका जिल्लामा यसैगरी असिना परेको थियो ।

राजधानीमा भने चैतको महिनामा पनि राम्ररी घाम नलागेको करिब १ हप्ता भएको थियो । शुक्रबार रातिको वर्षापछि अब शनिबारदेखि मौसम सफा हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment