Comments Add Comment

बोआओ फोरममा प्रचण्डको प्रस्तावः ‘ग्लोबलाइजेसन’मा समावेशिता मिसाऔं

लगानीकर्तालाई नेपाल आउन निम्तो

१२ चैत, हेइनान (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्लोबलाइजेसनमा समावेशिता मिसाउनुपर्ने सैद्धान्तिक प्रस्तावना अघि सारेका छन् ।

चीनको हेइनान प्रान्तमा आयोजित बोआओ फोरमको उदघाटन सत्रलाई शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ग्लोबलाइजेसनका बारेमा आफ्नो मत राखेका हुन् ।

विश्वव्यापीकरण अर्थात ग्लोबलाइजेसनले विश्वमा आर्थिक समृद्धि ल्याएको भएता पनि धेरै मानिसहरु यो समृद्धिबाट पछाडि छुटेको प्रचण्डले बताएका छन् । उनले यसलाई सच्याउनका लागि अब एशियाली मोडेलको ग्लोबलाइजेशनको अभ्यास गर्नुपर्ने प्रस्ताव अघि सारे ।

 

‘ग्लोबलाइजेसन’मा समावेशिता फ्युजन गर्ने प्रस्ताव

प्रधानमन्त्री प्रचण्डले बोआओ फोरममा सम्वोधन गर्दै ग्लोबलाइजेसनमा समावेशिता थप्नुपर्ने सैद्धान्तिक अवधारणा पेश गरेका छन् । ‘हामीले यो सुनिश्चित गर्नु छ कि ग्लोबलाइजेसन जो अधीक समावेशी र पुनर्जिवित हुन्छ । ग्लोबलाइजेसन सबैका लागि विन-विनको स्थितिका अतिरिक्त विजेता र पराजितमा विभाजित गर्दैन ।’

प्रचण्डले भने- ‘ग्लोबलाइजेसनमा सफलता र स्थिरतालाई सामेल गर्नुपर्छ । हामीले अवसरको समानता एवं विश्वव्यापीकरणको लाभलाई पूर्ति गर्ने क्षमता सुनिश्चित गर्नुपर्छ । हामीले एउटा स्तरीय खेल मैदानका लागि प्रयास गर्नुपर्छ, जुन निश्पक्ष पनि हुनुपर्छ ।’

‘ग्लोबलाइनजेसन र स्वतन्त्र व्यापारः एशियाली दृष्टिकोण’ मूलनारा रहेको बोआओ फोरममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ग्लोबलाइजेशनमा समावेशिता र साझापन मिसाउनुपर्ने बताए । कसैले जित्ने र कसैले हार्ने नभई सबैले जित महसुस गर्ने गरी यसको अभ्यास हुनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

‘विश्वमा ग्लोबलाइजेसन एक व्यापक प्रयोगको शब्द बनेको छ, तर यो एकल शब्दको कुनै अर्थ हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘यसका पछाडि विकास, प्रगति, समृद्धि र त्यसभन्दा बढी कनेक्टिभिटी, गतिशीलता र एकीकरणको अर्थ लुकेको छ ।’

पछिल्लो केही दशकयता ग्लोबलाइजेसन र अन्तरराष्ट्रिय व्यापारले मानिसको जीवनस्तरको विकासमा महत्वपूर्ण परिवर्तन ल्याउनुका साथै विकसित दुनियाँमा मौलिक परिवर्तनसमेत ल्याएको प्रधानमन्त्री प्रचण्डले विश्लेषण गरे ।

विश्वमा सन् १०९० सम्म ४७ प्रतिशतमा रहेको चरम गरीबी आज १४ प्रतिशतमा घट्नु ग्लोबलाइजेसनको उपलब्धिको एउटा उदारहण रहेको प्रचण्डले बताए ।

उनले भने- ‘विश्व अर्थव्यवस्थाको एक आधार, ग्लोबलाइजेसन विकासको एक प्रमुख शक्ति हो । यो त्यो बल हो, जसले लाखौं मानिसहरुलाई गरीबीबाट बाहिर निकाल्यो । यद्यपि यो एउटा दोषरहित उपलब्धी भने होइन ।’

विश्वको सम्पन्नताका लागि ग्लोबलाइजेसन र स्वतन्त्र व्यापारको भूमिकालाई नकार्न नसकिने प्रचण्डले बताए । उनले भने-‘तर, कैयौं मानिसहरुले यो प्रक्रियामा आफूहरु पछाडि छुटेको महसुस गरेका छन् । धेरै मानिसहरुले महसुस गरका छन् कि सीमान्तता पनि विश्वव्यापीकरणको एउटा परिणाम हो ।’

ग्लोबलाइजेसनको प्रतिफललाई साझा बनाउन नसकिएको दृश्य देखिइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका सीमाहरुलाई हटाउनुपर्ने सुझाव दिए ।

‘भूमण्डलीकरणको प्रक्रियामा एशियाले यसको योगदानको साथसाथ फल प्राप्त गरेको छ । तर, हामीले यो भुल्न हुँदैन कि एशियामा अहिले पनि कैयौं देशहरु छन्, जसलाई विश्वव्यापीकरणले लाभ प्रदान गर्न सकेको छैन,’ प्रचण्डले भने- ‘अहिले पनि केही अवरोधहरु छन्, जसले ती देशमा सामान एवं सेवाको स्वतन्त्र प्रवाहमा बाधा पुर्‍याइरहेका छन्, जो विकासको न्यून अवस्थामा छन् ।

‘धेरै नै विषमताले संसारको विभिन्न हिस्सामा एक साथ विकसित हुनेमा आशंका पैदा गरेको छ, यसले अनिश्चितता एवं सनकको वातावरण बनाइदिएको छ’ प्रधानमन्त्रीले विश्वव्यापीकरणका बेफाइदाहरुबाट एशियाले जोगिनुपर्ने संकेत गर्दै भने, ‘यो अनिश्चित समयमा स्थिरता प्रदान गर्न एशियाको भूमिका हुनुपर्छ । स्वतन्त्र व्यापार अघि बढाउनु एशियाको एक निर्विवाद जिम्मेवारी हो ।’

एशियाको मूलमै समावेशिता

समावेशिता एशियाली संस्कृतिको मूलमै रहेको प्रचण्डले बताए । यो महाद्वीपमा सदिऔंदेखि विभिन्न देश, धर्म र सभ्यतामा एक दोस्रोका साथसाथ सहअस्थित्व रही आएको छ र समानरुपमा विकास हुँदै आएको उनले बताए ।

ग्लोबलाइजेसन एवं स्वतन्त्र व्यापारको बाटोमा अघि बढ्नेक्रम जारी राखेर पनि साथमा समानता सम्भव छ भन्दै प्रचण्डले यसलाई अझ सशक्त बनाउनुपर्ने बताए ।

इतिहासको एउटा लामो कालखण्डमा एशिया विश्वको आर्थिक उर्जाघर थियो भन्दै प्रचण्डले यो आविश्कारक एवं अन्वेषकहरुको भूमि हुनुका साथै सभ्यता र व्यापारको केन्द्र रही आएको बताए ।

उनले भने- ‘२१ औं शताब्दीलाई एशियाको शताब्दी भनिन्छ । साझा लाभ र साझा भाग्यको एक शताब्दी ।’

उनले भने- ‘एशियाली मोडलको विश्वव्यापीकरण अभ्यास गर्नका लागि हामीले एउटा सहयोग मोडलको निर्माण गर्नुपर्छ, जसले विचारको मुक्त प्रवाहलाई सक्षम गराओस् । व्यापारको अक्षुण सञ्जाल, एवं जितको स्थितिको स्थायी उदाहरण दिन सकोस् ।’

समृद्ध विश्व बनाउनका लागि प्रयास जारी राख्नुपर्ने भन्दै प्रचण्डले यसका लागि अलगाववादी हैन समावेसी हुनुपर्ने बताए । उनले भने- संरक्षणवाद होइन, साझेदारी । अवरोध हैन, पुल । डर हैन, व्यापारका दौरानमा स्वतन्त्रता ।’

नेपालमा लगानी गर्न आग्रह

प्रधानमन्त्री प्रचण्डले अन्तरराष्ट्रिय लगानीकर्तारुलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

‘म नेपालमा जलविद्युत, पूर्वाधार विकास एवं पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानीका लागि एशियाली व्यापारिक समुदायलाई आमन्त्रित गर्न चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘हामीसँग स्रोतहरुको समृद्ध आधार छ । अनेक क्षेत्रमा लगानीका लागि भर्जिनिटी एवं समान लाभको सम्भावना छ ।’

नेपालमा बढिरहेको स्वदेशी बजार एवं एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा यो भूमि व्यापारिक केन्द्रका रुपमा स्थापित हुन सक्ने सम्भावना रहेको उनले बताए ।
‘निसन्देश नै व्यापार विकासको इञ्जिन हो । तर, नेपालजस्तो देशका लागि, जो कमसकम कम विकसित एवं भूपरिवेष्ठित छ,’ प्रचण्डले भने ।
प्रधानमन्त्रीले मन्तव्यका क्रममा भने, ‘नेपाल केही राजनीतिक कोषेढुंगो पार गरेर आर्थिक परिवर्तनको चरणमा प्रवेश गरेको छ । हाम्रो प्राथमिकता अब आर्थिक विकास एवं विकासको गति तीव्र बनाउने रहेको छ ।’

वैश्विक मूल्य श्रृंखलाको एक महत्वपूर्ण कडीका रुपमा हामी सबैका लागि ग्लोबलाइजेसनका लागि काम गर्ने देशका साथसाथ मिलेर अघि बढ्न तयार रहेको प्रधानमन्त्रीले बताए । उनले सम्वोधनको अन्त्यमा भने- ‘मेरो मान्यता छ कि यो बाटोमा अघि बढ्नका लागि हामीसँग पर्याप्त दूरदर्शिता, विशाल छाती एवं शाहस छ । एशिया समृद्धिको मार्ग हो । साझा सम्मृद्धिको मार्ग ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment