Comments Add Comment

सहमति कार्यान्वयन भए चुनावमा भाग लिन्छौं-महन्थ ठाकुर

फाइल फोटो

१२ चैत, बिराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संविधान संसोधनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई तत्काल कार्यान्वय गरेमा आफूहरु स्थानीय तहको निर्वाचनमा भाग लिने बताएका छन् ।

नेता ठाकुरले सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधनबारे कुरा आइरहेकेा भए पनि सहमति भने भइनसकेको जानकारी दिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका अध्यक्ष ठाकुरले संविधान संसोधन नगरी निर्वाचन गरिए आफुहरुले निर्वाचन वहिष्कार गर्ने बताए ।

सरकारले ओठे आश्वासन मात्रै दिने गरेको भन्दै अध्यक्ष ठाकुरले विगतमा मधेसी मोर्चासँग भएको सहमति कार्यान्वय गरेमा चुनावमा भाग लिने बताए ।

तमलोपा जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संविधान संसोधनबारे लिखित र मौखिक सहमति भन्दा पनि कार्यरुपमा नआएसम्म आफुहरु निर्वाचनमा सहभागी नहुने बताए ।

सीमांकनसहित नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वका साथै जनसंख्याका आधारमा स्थानीय तह बढाउनुपर्ने आफुहरुको मागलाई सरकाले तत्काल सम्वोधन गर्नुपर्ने अध्यक्ष ठाकुरको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment