Comments Add Comment

चितवनमा चराको संसार (२० तस्वीर)

चितवन राष्ट्रिय निकुञ्ज भन्दाबित्तिकै धेरैलाई लाग्छ, जंगल सफारी गर्दै हात्ती र गैंडा अवलोकन गर्ने ठाउँ हो यो । तर, तपाई भ्रममा हुनुहुन्छ । चितवन चौपाया जंगली जनावरको मात्रै होइन, दोपाया चराहरुको पनि क्रीडास्थल हो ।  राष्ट्रिय निकुञ्जमा पुगेर सागर गिरीले खिचेका रंगीन चराहरुका तस्वीरले यसै भन्छन् ।

चितवनमा कति छन् चरा ?

चितवनमा खर मयुर, मयुर, धनेष, चखेवा, काँडे भ्याकुर लगायतका चरा पाइन्छन् । यहाँ दुई किसिमका चराहरुको अभिलेख राख्ने गरिन्छ- एक जिल्लागत रुपमा र दोस्रो राष्ट्रिय निकुञ्जका रुपमा ।

चितवन निवासी चराविद टीका गिरीका अनुसार चितवन जिल्लाभर ६३५ प्रजातिका चरा गणना गरिएको छ । तर, चितवन राष्ट्रिय निकुञ्जभित्र करिब ६ सय प्रजातिका चरा पाइन्छन् ।

चरा हेर्न कहिले जाने ?

फेब्रअुरी, मार्च, अपि्रल चरा अवलोकनको सबैभन्दा उत्तम सिजन हो । दशैंताका पनि चरा अवलोकन गर्न चितवन राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । जंगली जनावरहरुका साथै चराहरुको तस्वीर खिच्न विभिन्न निकुञ्ज घुमिसकेका सागर गिरी भन्छन्, ‘तर, हामीले के कुरा ध्यानमा राख्नुपर्छ भने जाडो यामका चरा हेर्न जाडोमा र वर्षायामका चरा हेर्न वर्षायाममा जानुपर्छ । साथमा बाइनाकुलर लगेर जाँदा राम्रो हुन्छ ।’

सागर गिरीको सोख

सानैदेखि चरासँग नजिकिएर रमाउन चाहने सागर गिरी चराविद टीका गिरीका छोरा हुन् । उनी बर्ड एजुकेशन सोसाइटीका सदस्यसमेत छन् । आई क्लिक्स फर कन्जरभेसन नामक संस्थाका फाउन्डर, टाइगर कन्जरभेसन कमिटी र कम्युनिटी बेस एन्टी पोचिङ युनिटको सदस्य समेत रहेका सागर भन्छन्, ‘मेरो परिवार नै प्रकृतिसँग नजिक छ । त्यसैले आफ्नो देशको चरा जोगाउन र प्रमोट गर्न पनि म यता लागें ।’

छोरा सागरको कामप्रति टीका गिरीले पनि गौरव गरे । उनले भने, ‘यति ठूला एक्वीपमेन्ट लिएर ज्यान जोखिममा पारेर निकुञ्जहरुमा घुम्ने र तस्वीर खिच्नेहरु कमै छन् । मलाई मेरो छोरोप्रति गौरव छ । परिवारका सबै सदस्य खुसी छौं । मलाई लाग्छ, राष्ट्रलाई पनि खुसी लागेको छ ।’


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment