Comments Add Comment

महिला नचिच्याएकाले बलात्कार सावित भएनः अदालत


इटलीको एक अदालतले महिलामाथि भएको बलात्कारको घटनामा एउटा आश्चर्यजनक फैसला सुनाएको छ । न्यायमन्त्रीले उक्त फैसलामाथि छानविन गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

पीडित महिलाले गुहार मागेर नचिच्याएकाले बलात्कार सावित नहुने भन्दै अदालतले आरोपीलाई सफाई दिएको छ । इटलीको समाचार एजेन्सी एन्साले बताएअनुसार न्यायमन्त्री आन्द्रे ओर्लादोले मन्त्रालयका अधिकारीहरुलाई यस घटनाको अनुसन्धान गर्न आदेश दिएका हुन् ।

एन्साको रिपोर्टमा भनिएको छ, ‘तुरिनमा एक अदालतले अघिल्लो महिना फैसला सुनाएको थियो । फैसलामा महिलाले बलात्कारको समयमा ‘इनफ’ (अति भयो) मात्र भन्नु कमजोर प्रतिक्रिया भएको ठहर गरिएको छ ।

फैसलाले भनेको छ, ‘महिलाले गुहार माग्दै चिच्याउनुपर्ने थियो जुन उनले गरिनन् । त्यसैले यो घटना बलात्कार सावित हुन सक्दैन ।’

विपक्षी फोर्जा इटालिया पार्टीका सांसद अन्नाग्रेजिया कलाब्रियाले फैसलाको भत्र्सना गरेकी छिन् । थुप्रै महिला समुहहरुले पनि अदालतको फैसला न्यायिक नभएको भन्दै आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment