Comments Add Comment

एडिलेडमा नेपाल फेस्टिवल, हिन्दमार्स स्क्वायर नेपालमय


२५ मार्च, एडिलेड । नेपाली कला, संस्कृति र पर्यटनलाई प्रर्बद्धन गर्ने उदेश्यले दक्षिण अष्ट्रेलियाको एडिलेडमा ‘नेपाल फेस्टिवल २०१७’ सुरु भएको छ ।

फेस्टिवलका सुरु गर्दै बिहानै नेपाली समुदायले नेपाली बाजागाजा र संस्कृतिक पहिरनसहित पदयात्रा गरेका थिए । जसमा ठूलो संख्यामा नेपाली र बिदेशीहरुको सहभागीता थियो ।

स्थानीय हिन्दमार्स स्क्वायरमा बिहान ११ बजेबाट सुरु भएको एक दिने यो फेस्टिवल साँझ ८ बजेसम्म जारी रहने गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलियाका संयोजक नविन कँडेलले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको आयोजना तथा नेपाली राजदूतावास क्यानबेरा, दक्षिण अष्ट्रेलियास्थित महाबाणिज्यदूतावास र स्थानीय संघसंस्थाहरुको सहयोगमा नेपाल फेस्टिवल आयोजना गरिएको हो ।

फेस्टिवलमा नेपाली कला, संस्कृति, खाना र स्थानीय नेपाली समुदायले संचालन गरेका उद्यमका बिविध स्टलहरु रहेका छन् ।

नेपालको मौलिक संगीत प्रर्बद्धन गर्न कुटुम्ब ब्याण्ड यो फेस्टिवलमा सहभागी छ भने लोक गायक नारायण रायमाझी, शान्ति परियारले बिबिधि लोक सांगीतिक प्रस्तुती दिनेछन् ।

फेस्टिवलमा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारीहरु, स्थानीय संस्थाका अगुवाहरुको पनि सहभागीता हुने छ ।

गैरआवासीय नेपाली संघले यसअघि बि्रसबेन, सिड्नी र मेलवर्नमा नेपाल फेस्टिवल आयोजना गरिसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment