Comments Add Comment

करण र ऐश्वर्याको टुट्यो दोस्ती, कारण यस्तो

बलिउड निर्देशक करण जोहरको अभिनेत्री ऐश्वर्या रायसँग सम्वन्ध बिग्रेको छ । पछिल्ला दिनहरुमा उनीहरु एक-अर्कासँग बोल्न पनि छाडेका छन् ।

समाचार अनुसार ‘ए दिल है मुश्किल’ को प्रमोसनका क्रममा यी दुईबीच मनमुटाब सुरु भएको थियो । सो फिल्ममा रणवीर कपुर हिरो थिएन भने हिरोइन दुई जना थिए, ऐश्वर्या र अनुष्का शर्मा । फिल्ममा दुवै हिरोइनको समानान्तर भूमिका थियो ।

सो फिल्मको प्रमोसनका बेला अनुष्का अर्को प्रोजेक्टमा विजी भइन् र प्रमोसनमा समय दिन पाइनन् । ऐश्वर्या खाली नै थिइन् र प्रमोसनमा हिँड्न इच्छुक पनि थिइन् । तर, करणले उनलाई वेवास्ता गरे । करणलाई यो चाहँदैनथे कि फिल्मको प्रमुख नायिका ऐश्वर्या भएको र अनुष्का सहनायिका भएको भ्रम दर्शकलाई परोस । त्यसैले अनुष्का नगएका कार्यक्रममा उनले ऐश्वर्यालाई पनि लगेनन् ।

यही कारणले ऐश्वर्या करणसित रुष्ट भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर उनले करणसामु आफ्नो आक्रोश भने पोखिनन् । जब करण अर्को प्रोजेक्टका लागि ऐश्वर्यार्लाइ अफर लिएर गए, त्यसलाई ऐश्वर्याले ठाडै रिजेक्ट गरिदिइन् । अनि बल्ल करणलाई थाहा भयो कि ऐश्वर्या उनीसँग रिसाएकी छिन् । त्यसपछि करणले पनि ऐश्वर्यालाई भाउ दिन छोडिदिए । फलस्वरुप उनीहरुबीचको सम्वन्ध टुटेको हो ।

गत हप्ता ऐश्वर्याका बाबु कृष्णराज रायको मृत्यू भयो । बलिउडका सबैजसो हस्ति उनको अन्त्यष्टीमा सहभागी भए तर करणको नाकमुख देखिएनन् । कुनै बेलाकी निकट साथीलाई समवेदना व्यक्त गर्न करण नजानुले यी दुईबीच गम्भीर फाटो आएको संकेत गर्छ ।

यसअघि करणको अर्की अभिनेत्री काजोलसँग पनि दोस्ति टुटेको थियो । विवाहित नायिकाहरुसँग धमाधम सम्वन्ध बिगि्रदा अविवाहित करण खासै चिन्तित छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment