Comments Add Comment

महिलाको पेटभित्र च्याउ मौलाएपछि…

छिमेकी देश चीनमा डाक्टरहरुले एकजना महिलाको पेटको शल्यक्रिया गरी पेटबाट च्याउको झुप्पो नै निकालेका छन् । ती महिलाको पेटभित्र च्याउ बढ्न थालेपछि डाक्टरहरुले उनको शल्यक्रिया गरेका छन् ।

झेझियांग प्रान्तस्थित यिउकी ५० वर्षकी ती महिलाको पेटबाट निकालिएका च्याउको फोटो डाक्टरहरुले सार्वज्निक गरे । महिलाको पेटबाट निकालिएका च्याउ ७ सेमी सम्म लामो रहेका छन् ।

नियमित रुपमा च्याउ खाने ती महिलाको च्याउ खासै नपकाइकन खाने बानी रहेछ । च्याउलाई पहिले पानीमा उमाल्नुपर्नेमा उनले सुख्खा च्याउलाई नै सोझै प|mाइ गरी पकाउँदी रहेछिन् र पाकेपछि राम्रोसँग नचपाइकनै सिँगै निल्दी रहेछिन् ।

हालै एक दिन पेट निकै दुखेपछि उनी डाक्टरकोमा गइन् । डाक्टरहरुले चेकजाँच गर्दा पत्ता लाग्यो की उनको पेट त च्याउबारी नै बनिसकेछ । उनको पेटमा त ठूला ठूला च्याउ फक्रिएका छन् ।

शल्यक्रिया गरी डाक्टरहरुले उनको पेटबाट सुरक्षित रुपमा च्याउ बाहिर निकाले ।

वास्तवमा पकाउनु अघि पानीमा नउमालिकनै फ्राइ गरेको सुख्खा च्याउ पेटमा पुगेपछि पानी सोसेर फुल्दो रहेछ । फुलेर ठूलो आकारको भएपछि च्याउ पच्न नसकेर पेटमै अडि्कँदो रहेछ ।

जिउमा अनेक चिज अड्काउने मामिलामा चिनियाहरु अगाडि छन् । केही समयअघि चीनको ग्वान्झाओमा एक पुरुषले आफ्नो मलद्धारमा २ वटा जिउँदा माछा छिराएपछि आकस्मिक रुपमा अस्पताल जानुपरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment