Comments Add Comment

यो हो दुनियाकै ठूलो कुखुरो (भिडियोसहित)

डाइनोसर युगका भिमकाय चरा प्राणीको झल्को दिने एउटा कुखुुराको भिडियो हालै सार्वजनिक भएको छ । विश्वकै सबैभन्दा ठूलो दाबी गरिएको उक्त सेतो रंगको कुखुरा यति अविश्वसनीय रुपमा ठूलो छ की कतिपयले त त्यो कुखुरो नभई मानिसले कुखुराको जस्तो पहिरन गरेको जिकिर गरेका छन् ।

भिडियोमा उक्त कुखुरा सानो प्वाल भएको खोरबाट बाहिर निस्किन्छ र शानदार ढंगले यता उति हिँड्छ ।
यो भिडियो कहाँ खिचिएको भन्ने प्रष्ट भएको छैन । तर अनलाइनमा भिडियो अपलोड भएसँगै यसका दर्शकहरुले आश्चर्य मान्दै प्रतिक्रिया दिइरहेका छन् ।प्वालबाट फुत्त बाहिर निस्कने क्रममा सामान्य कुखुराजस्तै लाग्ने त्यो कुखुरा जब जमिनमा आएर उभिएर र पखेटा फिजाउँछ तब त्यो भिमकाय लाग्दछ । ठूलो परिमाणमा प्वाँख भएकेा उक्त कुखुरा सामान्य कुकुर भन्दा पनि अग्लो देखिन्छ ।

एकजनाले लेखेका छन्ः यो प्राणी वास्तवमा अस्तित्वमै नरहनुपर्ने हो । डरले मेरो आँशु आइरहेका छन् की यो प्राणी म सँगै संसारमै रहेछ ।

एकजना चाहीँ त्यो साँच्चीकै कुखुरा नभएर मानिसले कुखुराको पहिरन गरेको दाबी गरेका छन् ।

खास के हो त्यो पत्ता लागेको त छैन तर यदि कुखुरा नै रहेछ भने उक्त बडेमाको कुखुरा ब्राहमन्स जातको कुखुरा हुनुपर्छ । यो जातको कुखुरा सबैभन्दा ठूलो जिउडालको हुन्छ । एजेन्सी

२०७३ चैत १२ गते १३:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment