Comments Add Comment

ग्याष्ट्रिकको समस्याः यस्तो छ निदानको उपाय

हामी भन्ने गर्छौ, ग्याष्ट्रिक राष्ट्रिय रोग हो । अर्थात अधिकांस नेपाली यसबाट ग्रसित छन् । अनियमिन खानपान र अस्तव्यस्त जीवनशैलीको कारण ग्याष्ट्रिकको समस्या हुने गरेको छ ।

किन हुन्छ ग्याष्ट्रिक

 

अनियमित खानपान- खानपानको तालिका नियमित हुनुपर्छ । लामो समयसम्म भोकै बस्ने, एकैचोटी धेरै खाने जस्ता बानीले पनि ग्याष्ट्रिकको समस्या निम्त्याउँछ ।

राती धेरै समय जागा बस्नु – ग्याष्ट्रिक निम्त्याउने एउटा कारण हो यो । राती अबेरसम्म बस्दा पाचन पक्रियामा समस्या हुन्छ । यसले पेटमा ग्यास बन्छ ।

हतार-हतार खानु- खानेकुरा राम्ररी चपाएर खानुपर्छ, जसले पच्न सजिलो होस् । तर, हामी हतार हतार खानेकुरा खान्छौ, जो पच्न समय लाग्छ । यसले गर्दा पेटमा एसिड पैदा हुन्छ र ग्यासको समस्या आउँछ ।

लगतार एकै स्थानमा बस्नु- कामको धुन वा मनोरञ्जनको क्रममा हामी एकै स्थानमा लगातार लामो समय बसिरहन्छौ । यसले गर्दा पनि पाचन पक्रियामा अवरोध पुग्छ । नतिजा, पेटमा आवश्यक्ताभन्दा बढी एसिड बन्छ र ग्याष्ट्रिकको समस्या हुन्छ ।

प्रोस्टेड फूड -प्रोस्टेड फूड जस्तो कि कुकी, मिठाई आदिमा चिनीको मात्रा बढी हुन्छ । यस्तो खानेकुरा सेवन गर्दा पनि ग्याष्ट्रिकको समस्या हुन्छ ।

कोल्ड डि्रंक- सोडा र कोल्ड ड्रिकमा कार्बनडाईअक्साइड बबल्स हुन्छ, जसले पेटमा एसिड पैदा गर्छ । यसलाई पिउदा ग्याष्ट्रिकको समस्या हुन्छ ।

दुधजन्य परिकार- दुधजन्य परिकारले पनि ग्याष्ट्रिकको समस्या निम्त्याउँछ । यसमा रहेको चिल्लो पदार्थ पच्दैन ।

के छ त निदान

१. अदुवाको रसमा मह मिसाएर पिउनुपर्छ ।

२. एसिडिटी भएमा घिउकुमारीको जुस पिउनुपर्छ ।

३. मनतातो पानीमा कागतीको रस मिसाएर पिउनुपर्छ ।

४. एक कप पानीमा कागतीको रस र एक चम्चा मह मिसाएर पिउनुपर्छ ।

५. त्रिफला पाउडर दुधमा मिसाएर पिउनुपर्छ ।

६. मुला काटेर त्यसमा थोरै बीरे नुन र मरिचको पाउडर मिसाएर खाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment