Comments Add Comment

एप्पलको ‘रेड आइफोन’ चीनमा किन फरक ?

एप्पलले हालै आइफोन सेभेन तथा सेभेन प्लसका रातो संस्करण सार्वजनिक गरेको छ । एप्पलका रेड आइफोनको ४० भन्दा बढि देशमा बिक्रि सुरु भएको छ । तर चीनमा भने यो रातो आइफोन ‘रेड’ छैन । अर्थात् यो रेड आइफोनको ब्राण्ड नाम चीनमा बदलिएको छ ।
तर आश्चर्यको कुरा के भने एप्पलको चिनिया भाषाको वेबसाइटमा यो प्रडक्ट तथा यसको उद्धेश्यको बारेमा उल्लेख छैन । यसले केही संसय पैदा गर्यो ।एच आइ भी एड्स सम्बन्धी विश्व कोषका लागि रकम संकलन गर्ने च्यारिटी संस्था हो रेड । संगीतकार बोनो र अधिकारकर्मी बबी श्रीभरले यसको स्थापना गरे । विश्व कोषमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने कर्पोरेट दाता एप्पल हो । रेड नामक च्यारिटी संस्था र एप्पलबीच एचआइभी एड्स निवारण तथा उपचारको क्षेत्रमा लामो सहकार्य रहँदै आएको छ र रातो रंगको आइफोन त्यसकै पछिल्लो उदाहरण हो । रातो आइफोन बिक्रिबाट उठेको केही रकम अफ्रिकाका एचआइभी पीडितको राहतमा खर्च गरिनेछ ।

चिनिया भूभागमा एप्पलको पछिल्लो आइफोनको ब्राण्डिंग बेग्लै तरिकाले गरिएको कुरा इन्टरनेट प्रयोगकर्ताले पत्तो पाइहाले ।

एप्पल चाइनको रिटेल वेबसाइटहरुमा यसलाई ‘अब रातोमा’ भनेर ब्राण्डिंग गरिएको छ । जबकी ताइबानी साइटहरुले भने अमेरिका र अरु देशका जस्तै रेड नामबाट ब्राण्डिंग गरेका छन् ।
कतिपय विश्लेषकहरुले यसलाई पश्चिमा ब्राण्डहरुमा हस्तक्षेप गरी व्यवसाय गर्ने चिनिया राजनीतिको अर्को उदाहरणको रुपमा व्याख्या गरेका छन् । तर एप्पलले यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

किन नाम फेरियो चीनमा ?

यसको एउटा कारण चाहीँ एप्पलले नयाँ आइफोनसँगै एचआइभी एड्सको बारेमा जनचेतना र संवेदनशीलताको प्रचार गरेको थियो । जबकी यस्ता सन्देशहरु चीनमा नियन्त्रण गरिन्छ । किनकी एड्स र समलैंगिक विषयहरु चीनमा ट्याबूको रुपमा रहेका छन् ।

चीनमा सन् १९८९ मा पहिलोपटक एड्स देखिएको हो । सन् २००० सम्ममा यो रोग चीनका सबैजसो भागमा फैलिसकेको थियो र फैलिरहेको छ । तर चीनमा भने यो समस्या अस्विकार गर्दै आएको छ ।

अर्को कारण हो, दलाई लामा । यो वर्षको सुरुमा रेड संस्थाको आधिकारिक इन्स्टाग्रा पेजमा तिब्बती धार्मिक नेता दलाई लामाको तस्वीर राखिएको थियो । यसले पनि उक्त संस्थाप्रति चीनको हेराई नकारात्मक बन्यो र त्यसको मारमा रेड आइफोन पर्यो ।

के होला चीनमा रेड आइफोनको भविष्य ?

पछिल्लो समयमा एप्पलले चीनमा धेरै समस्या भोगिरहेको छ । गत वर्ष एप्पलको अनलाइन फिल्म तथा किताब सेवा चीनमा बन्द भएको थियो । त्यस्तै सरकारी अधिकारीहरुको दबाबपछि एप्पलले एपस्टोरको चाइना संस्करणबाट न्युयोर्क टाइम्स एप हटाउन बाध्य भएको थियो ।

हुनत एप्पलको रातो आइफोनको ब्राण्डिंग बिगारिएको छ । त चीनमा यसले राम्रै बजार पिट्नेवाला छ । किनकी चीनमा रातो रंगलाई निकै पवित्र मानिन्छ । त्यसैले रातो आइफोन त्यहाँ गर्विलो प्रडक्टको रुपमा स्थापित हुनसक्छ ।

स्मरण रहोस् विविध समस्या तथा चुनौतिका बाबजुत एप्पलले चीनमा आफ्नो ध्यान केन्दि्रत गरिरहेको छ । आफ्ना प्रडक्टको विशाल बजारको रुपमा रहेको चीनमा एप्पलले गत वर्ष चारवटा अनुसन्धान तथा विकाश केन्द्र खोलेको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment