Comments Add Comment

कोहलपुरबाट बाबुरामको मागः निर्वाचन खर्च सरकारले बेहोर्नुपर्छ

जनकपुरकी सीता हाम्री हुने, जनकपुरमै जन्मेका विदेशी हुने ?


१२ चैत, कोहलपुर (बाँके) । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराइले तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपूर्व संविधान संशोधन आवश्यक रहेको बताएका छन्। साथै उनले दलहरुको चुनाव खर्च समेत राज्यले बेहोर्नुपर्ने माग गरेका छन् ।

नयाँ शक्ति पार्टीले बाँकेको कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै संयोजक डा भट्टराईले सरकारले गर्न लागेको स्थानीय, सङ्घीय र केन्द्रीय तहको निर्वाचनपूर्व थारु, आदिवासी, जनजाति, मधेसलगायतका माग समेट्ने गरी संविधान संशोधन आवश्यक रहेको बताए ।

उनले भने, “संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर मात्रै हुन्न, त्यसका लागि सङ्घीय र केन्द्रीय निर्वाचन पनि सम्पन्न गर्नुपर्छ, त्यसैले संविधान संशोधन अति अपरिहार्य छ ।”

सरकारमा रहेका दलले जनतालाई झुक्याइरहेको बताउँदै पूर्वप्रधानमन्त्री डा. भट्टराइले संविधानमा रहेको व्यवस्था जातीय, क्षेत्रका लागि स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था हुनुपर्ने भए पनि त्यसको कार्यान्वयन नगरी निर्वाचन गर्न लागेकाले त्यसतर्फ सचेत हुन नागरिकलाई आग्रह गरे ।

अहिले सरकारमा रहेका दलले सत्ताको आडमा निर्वाचन गर्न खोजिरहेको उनको आरोप थियो । “जनकपुरमा जन्मेका सीतालाई हाम्री भन्ने जनकपुरमै बस्नेलाई नेपाली होइन भन्नु खोक्रो राष्ट्रवाद हो,” उनले भने ।

अहिलेको निर्वाचन प्रक्रिया अत्यन्तै खर्चिलो र भड्किलो भएकाले खर्च कटौती गर्दै निर्वाचनको खर्च सरकारले नै बेहोर्नुपर्ने आफ्नो पार्टीको माग भएको डा भट्टराईले बताए ।

नेपाल बहुजाती, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक जातिको सिङ्गो इन्द्रेणी भएकाले सबै रङ्गलाई मिलाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment