Comments Add Comment

‘बुख्याचा मन’ थप सात दिन

काठमाडौं । राजधानीको सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक ‘बुख्याचा मन’ दर्शकले थप एक सातासम्म हेर्न पाउने भएका छन् ।

फागुन २० गतेदेखि मञ्चनमा आएको नाटक चैत १२ गते सकिँदै गर्दा सात दिनको अवधि थप गरिएको हो । नाटक हेर्न आउनेहरुको चाप कायमै रहेसँगै दर्शकको आग्रहमा अब यो नाटक चैत १९ गतेसम्म देखाइनेछ ।

शनिबार साँझ २५औं मञ्चनपछि नाटकका निर्देशक राज शाहले नाटकको शो सात दिन थपिएको जानकारी दिए ।

नाटकमा समाजमा कायम रहेको जातीय विभेदमा मानवताको विषय उठाइएको छ । नाटकमा आदित्य शर्मा, आरोही शर्मा, सुदर्शन अर्याल, प्रकाश केसी, शर्मिला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेल लौरो, नवीनचन्द्र अर्याल, विवेक आर्चाय, सुशील गैह्रे, सगुन तामाङ, नितान्त ढकाल, रोशन अर्याल, विनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहको समेत अभिनय रहेको छ ।

नाटक चैत १९ गतेसम्म बिहीबार बाहेक हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो एक बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment