Comments Add Comment

भारतले पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै

१३ चैत, काठमाडौं । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ ।

‘भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ’ गृह मन्त्री राजनाथ सिंहले भने, पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

उनले भारतीय सीमा सुरक्षा बलले खलेको भूमिकाको उच्च प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment