Comments Add Comment

कांग्रेस वैठक आजदेखि, देउवाले कार्यसम्पादन समिति गठनको प्रस्ताव पेस गर्ने

१३ चैत, काठमाडौं । लामो समयपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ । सानेपास्थित पार्टी कार्यलयमा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पदान समिति गठनको प्रस्ताव पेस गर्ने बताइएको छ ।

सभापति देउवाले कार्यसम्पादन समिति जना केन्द्रीय सदस्यलाई मनोनीत गर्ने छन् । कांग्रेस विधानअनुसार पार्टी सभापतिले कार्यसम्पादन समितिका सदस्यहरुको नाम केन्द्रीय कार्यसमितिमा पेस गरेर अनुमोदन गर्नुपर्नेछ ।

यससँगै स्थानीय निर्वाचनका विषयमा बैठक केन्द्रीय  हुने कांग्रेसले जनाएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनका लागि घोषणापत्र निर्माण समिति, निर्वाचन परिचालन समिति र प्रचार प्रसार समिति गठन हुनेछ । गाउँपालिका र नगरपालिकाको नयाँ संरचनाअनुसार पार्टीको संरचना निर्माण गर्नेलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकले पार्टीको विभाग सङ्ख्याबारे पनि टुङ्गो लगाउने सचिवालयले जनाएको छ । पार्टी सभापतिले नियुक्त गर्ने उपसभापति महामन्त्री, सहमहामन्त्री तोकिने विषय कार्यसूचीमा नपरेको जनाइएको छ ।

गत चैत १० गते नै बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment