Comments Add Comment

पत्रकार महासंघ युरोप शाखालाई युकेको पनि समर्थन

नेपाली जनसम्पर्क समितिको समाचार बहिष्कार गर्ने

बेल्जियम । नेपाल पत्रकार महासंघ युरोप शाखाले गरेको निर्णयप्रति पत्रकार महासंघ युकेले पनि ऐक्यबद्दता जनाएको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने युरोप शाखाको निर्णयप्रति युके शाखाले पनि ऐक्यबद्दता जनाएको हो । यो निर्णयसँगै क्षमा नमागेसम्म बेल्जियम काँग्रेसका गतिविधिलाई युरोप शाखालेजस्तै युके शाखाले पनि बहिष्कार गर्ने भएको छ ।

जनसम्पर्क समिति बेल्जियमको अधिबेशनमा पत्रकारमाथि भएको अपमान र दुव्र्यवहारलाई लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाले आवाज उठाउँदै आएको छ । यस घटनाप्रति युके शाखाले पनि गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

अध्यक्ष नरेश खपाङ्गीमगरद्वारा जारी बिज्ञप्तिमा जनसम्पर्क समिति स्पेन र बेल्जियमको अधिबेशनका क्रममा मतगणनाका बारेमा सूचना नदिइएको तथा पत्रकारलाई प्रबेश नदिईएको प्रति युके शाखाले गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।

पत्रकारहरुलाई निर्बाध समाचार संकलनको वातावरण बनाउन सबै नेपाली संघसंस्थालाई आग्रह गदै युरोप शाखाको गरेको निर्णयप्रति युके शाखाले पनि पूर्ण रुपमा ऐक्यबद्दता जनाएको हो ।

घटनापछि पनि तत्कालिन निर्बाचन समिति तथा जनसम्पर्क समितिबाट माफी माग्नुको सट्टा मतगणना स्थलमा तोकिएका ब्यक्ति बाहेक सबैलाई निषेधित गरिएको र भीड नियन्त्रणको क्रममा पत्रकार पनि परेको भन्दै प्रतिक्रिया आएपछि महासंघले आत्माआलोचना गर्नको लागि दबाव दिँदै आएको छ ।

निर्बाचन समिति, उम्मेदवारलगायत गैरकाँग्रेसीहरुलाई समेत प्रबेश दिइएको मतगणना स्थलमा पर्यबेक्षणक लागि गएका युरोप शाखाका अध्यक्षलगायतका पत्रकारलाई रोक्नुलाई सिङ्गो शाखामाथि कै अपमान भएको ठहर गर्दै उचित सुनुवाई नभए महासंघ अझै कडा रुपमा प्रस्तुत हुने संकेत देखाएको छ ।

नेपाली जनसम्पर्क समिति बेल्जियमको मार्च १३ तारिख सोमबार मतगणना जारी रहँदा महासंघ अध्यक्ष केजिन राई र पत्रकार डिल्लीराम अमाईलाई निर्बाचन समिति संयोजक इन्ऽ क्षेत्री र सदस्य सचिब झलक केसीले प्रबेशमा रोक लगाउँदै अपमानित गरेको घटनाप्रति महासंघले यसअघि नै बिज्ञप्ति जारी गर्दै ध्यानआकर्षण गराएको थियो ।

अध्यक्षका प्रत्यासीले क्षमा मागे

यसैबीच नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनका लागि अध्यक्षका प्रत्यासी बनेका माधव सापकोटाले पत्रकारमाथि भएका दुब्र्यबहारप्रति क्षमा मागेका छन् । निर्वाचित नयाँ कार्यसमिति घटनाप्रति मौन बसेको बेला अध्यक्षका प्रत्यासी सापकोटाले भने काम गर्दै जाँदा कमजोरी हुने र आफू संस्थाको बफदार सिपाई रहेको भन्दै सँस्थाको तर्फबाट क्षमा मागेका हुन् ।

निर्बाचनका खसेको मतको झन्डै आधा भन्दा केही कम मात्र मत ल्याएका सापकोटाले भनेका छन्, ‘मिडियाकर्मीलाई चुनावको मत परिणाम पर्यबेक्षण वा पारदर्शिताको अनुगमन, निगरानी, खबरदारी र समालोचनात्मक टिप्पणीसहित संगठनको गरिमालाई ख्याल राख्दै प्रश्न उठाउने हक पार्टी बिधानले नै सुनिश्चित गरेको छ । त्यसैले मिडिया, हाम्रा मतदाता, कार्यकर्ता र शुभचिन्तकहरुप्रति कुनै दम्भ वा अहमता प्रकट गर्नु अशोभनीय हो’

सापकोटाले नयाँ कार्यसमितिप्रति इंकित गर्दै जितको उन्मादले आˆना गल्ती, आवेग, आक्रोश र असहज अवस्थालाई बिर्सनु दुखद भन्दै सापकोटाले टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘पत्रकारलाई औपचारिक आमन्त्रण गरी सम्मानपूर्वक पर्यबेक्षण गर्न बोलाइनु नियमसंगत तर्क हो र निर्वाचन मण्डलबाट हतारमा त्रुटि देखियो र मत गणनास्थलमा प्रवेश समेत नदिएको भन्ने कुराले सबैलाई दुखी बनाउनु स्वाभाबिक नै हो । तर यो संगठनको नियत होइन, त्यसैले व्यक्तिगत आवेग सम्झी, जिम्मेवारीपूर्वक आˆनो निर्णयमा पुनर्बिचार गरी दिनुहुन पत्रकार महासंघ युरोप शाखालाई बिनम्र आग्रह गर्दछु ।’

यसैबीच पत्रकार महासंघ युरोप शाखाले घटनाबारे अझै पनि जनसम्पर्क समिति बेल्जियम मौन रहेमा अर्को बैठक बस्ने तयारी गर्दैछ । सो समयसम्ममा पनि कुनै सुनुवाई नभए, सिमित अबधि तोकेर नै समितिलाई बहिष्कारको निर्णयसम्म पुग्ने देखिएको छ । योबारे केन्ऽ तथा विदेशस्थित शाखालाई समेत पत्रचार गर्ने युरोप शाखाले तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment