Comments Add Comment

जहाँ गोरो बच्चा जन्मिनुु अपराध हुन्छ, तत्कालै गरिन्छ बच्चाको हत्या

सुन्दैमा आङै सिरिङ्ग हुने । यो दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ जहाँ गोरो वर्णको बच्चा जन्माउनु अपराध हुन्छ । यदि गोरो वर्णको बच्चा जन्मिएमा उसलाई जन्मिनेबित्तिकै समाप्त पारिन्छ ।

परम्पराको नाममा हुने यो भयानक कृत्य भारतको केन्द्र प्रशासित अण्डामान टापुुमा बस्ने एउटा आदिवासी समुदायमा व्याप्त छ । अण्डामानमा बस्ने जारवा आदिवासी समुदायमा गोरो बच्चा जन्मिएमा बच्चा जन्मिने बित्तिकै हत्या गर्दछन् ।

कुनै घरमा नयाँ बच्चा जन्मिने बित्तिकै खुसीयाली छाउँछ नै तर यदि बच्चाको रंग कालो नभै थोरै गोरो भएमात्र पनि उसले यो दुनियाँमा बाँच्न पाउँदैन । गोरो बच्चा जन्मिएमा ऊ आफ्नो समुदाय भन्दा फरक हुने र अर्को समुदायको जस्तै देखिने भन्दै यस्तो क्रुरता देखाउँछन् यो समुुदायका मानिसहरु । यसले बच्चा मार्ने क्रुर परम्परामाथि प्रहरीले पनि कुनै रोक लगाउन सकेको छैन ।

रोचक त के भने बच्चा निख्खर कालो जन्मियोस् भनेर यो आदिवासी समुदायका गर्भवती महिलाले जनावरको रगत पिउँछन् । यो आदिवासी समुदायको जनसंख्या झण्डै ४ सय रहेको छ । ५५ हजार वर्षअघि देखि उक्त आदिवासी त्यहाँ बस्दै आएको बताइन्छ । तर सन् १९९० मा मात्र यो आदिवासी समुदाय बाहिरी दुनियाको सम्पर्कमा आएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment