Comments Add Comment

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छः बाबुराम

'थ्रेसहोल्ड जायज'

१३ चैत, कैलाली । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले कञ्चनपुर घटनामा भारतले भारतले माफी माग्नुपर्ने बताएका छन् ।

भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु हुँदा समेत सरकार लाचार ढंगमा प्रस्तुत भएको टिप्पणी गर्दै उनले भारतलाई माफी मगाएरै छाड्नुपर्ने बताए ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले राजनीतिक स्थिरताका लागि ल्याइएको थ्रेस होल्डको व्यवस्था जायज भएको तर्क गरेका छन् । साना राजनीतिक दलहरुले थ्रेस होल्डको विरोध गरिरहेका बेला नयाँ शक्तिका संयोजक भट्टराईले थ्रेस होल्डको पक्षमा तर्क गरेका हुन् ।

असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए । उनले निर्वाचनका लागि नयाँ शक्ति नेपाल तयार रहेको पनि बताए ।

मेची-काली अभियान चलाएको नयाँ शक्तिले आजै धनगढीको पार्कचोकमा सभा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment